नयाँ अनुसन्धान –कोरोनाको मानसिक स्वास्थ्यमा बढी असर भएन


हालै गरिएको एउटा नयाँ अध्ययन अनुसार कोरोना महामारीले मानिसहरूको मानसिक स्वास्थ्य मा पहिले सोचिएको जति नोक्सान पुर्याएन । ब्रिटिस मेडिकल जर्नल मा प्रकाशित यो अध्ययन मा विश्व भरीको ३० भन्दा बढी मुलुकको तथ्याङ्क  र १३७ अन्य अध्ययनहरू  लाई सामेल गरिएको थियो ।

अध्ययनको प्रमुख लेखक ब्रेट थाँब्स ले भने–‘ यस्तो दाबी गरिएको थियो की महामारीको समय मानसिक स्वास्थ्य सँग जोडिएका समस्यामा अत्यन्त बढोत्तरी भयो, तर यो दाबी लाई साबित गर्न पर्याप्त तथ्याङ्क छैन ।’

उनले भने, हामीले नियमित प्रश्नावली को आधारमा लक्षणमा भएको परिवर्तन को आकलन गरेका छौं । यसैले हुनु सक्छ की केही व्यक्ति यो परिवर्तनमा ध्यान दिएको होला र यसलाई अनुभूति गरेको होला । तर केही व्यक्तिले यो परिवर्तन लाई अनुभूति समेत गरेनन् । हामीले ती सानो परिवर्तन लाई पनि पत्ता लगाएका छौं । जसको बारेमा कुनै व्यक्तिलाई जानकारी नुहुन पनि सक्छ । धेरै व्यक्ति यस्तो थिए जो मानसिक स्वास्थ्य समस्या वाट पीडित थिए, तर उनीहरू लाई कोभिड को प्रभाव  सँग जोडेर हेर्न मिल्दैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!