नेपाल चिकित्सक संघको नेतृत्व डा. बद्री रिजाललाई, नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी


चितवन – नेपाल चिकित्सक संघको पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन तथा ३०औँ अखिल नेपाल चिकित्सक सम्मेलन को दोश्रो दिन नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएकोछ ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जारी सम्मेलनबाट सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले यस अघि चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष डा बद्रि रिजाल सहितको नयाँ कार्यसमितिलाई लाई जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

नयाँ कार्यसमिति अन्तर्गत अध्यक्ष पदमा डा. रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिव पदमा डा. विश्वराज दवाडी छन ।  उपाध्यक्ष तथा प्रदेश संयोजक तर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी छन ।

यस्तै कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल र  सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य  छन।

चितवनमा शनिबारदेखि जारी दुई दिने कार्यक्रममा देशभर बाट चिकित्सकहरूको सहभागीता छ ।  प्रत्येक दुई – दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन – तीन वर्षमा गर्न थालिएको हो । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!