होली केयर टिप्स /होली खेल्दा टासिदैन कपालमा रँग, यी चार तेल ले रँग को सामना गर्न सघाउँछ


उपत्यकामा सोमवार र मधेशमा मंगलबार र बुधवार होली मनाइदै छ । होली मा रँग सँग खेल्दा रमाइलो हुने भए पनि सबैभन्दा ठुलो झन्झट कपाल सफा गर्ने र त्यसबाट रँग हटाउने हो । ४–५ पटक कपाल धोए पनि रँग पूरै सफा हुने नाम लिदैन । तर, यो अवस्था वाट धेरै सजिलै बच्न सकिन्छ । यसका लागि तपाईंले मात्र ४ वटा तेल प्रयोग गर्नुपर्ने हुन्छ । त्यस पछि न त कपाल रँग लाग्छ नत तपाईंलाई टाउको (स्कैल्प ) लाई सफा गर्न मा बढी मिहिनेत गर्नु पर्छ ।

नरिवलको तेल

  • नरिवलको तेललाई अलिकति तातो पारेर राति त्यसले टाउकोमा राम्रोसँग मालिस गर्नुहोस्। कपालमा राम्ररी तेल लगाउनु होस ।
  • राती तेल लगाउनुको फाइदा भनेका यो टाउको र कपालको गहिराइसम्म पुग्न पर्याप्त समय पाउछ ।
  • यद्यपि, नरिवलको तेलको कमजोरी के हो भने यो चिसो हुँदा अलि जम्न सक्छ, जसले यसलाई धुन गाह्रो हुन सक्छ ।

बदाम तेल

  • भिटामिन–ई ले परिपूर्ण बदामको तेलले कपाललाई सुरक्षा दिने मात्र होइन, यसले कपालमा टलक पनि ल्याउनेछ।
  • होलीको दिन रँग खेल्नु भन्दा करिब एक वा दुई घण्टाअघि यो तेल लगाउनुहोस्।
  • ध्यान दिनुहोस् कि टाउकोदेखि तलसम्म कपाल राम्रोसँग तेलले कभर गरोस् ।

जैतुन को तेल

  • तपाईंले बजारमा जैतुनको तेल सजिलै पाउनुहुनेछ
  • रँग खेल्नु भन्दा करिब एक घन्टा अघि आफ्नो टाउकोमा मालिस गर्दै तेल लगाउनुस् ।
  • तेल राम्रो सँग अवशोषित हुन लाई केही बेर कपाललाई बाँध्न सक्नु हुन्छ ।

अमलाको तेल

  • कपालका लागि अमला कत्तिको फाइदाजनक छ भन्ने कुरा बताउनु आवश्यक छैन । यो नेपालको परिवरहरुमा पुस्तौं देखि प्रयोग हुँदै आएको छ । यसको तेल पनि विभिन्न गुणले भरिपूर्ण हुन्छ ।
  • रँग खेल्नु भन्दा करिब एक घन्टा अघि यसलाई कपालमा लगाउनु होस।
  • यो तेल सामान्यतया धेरै टाँस्सिने हुन्छ , त्यसैले यसको मात्रामा ख्याल गर्नुहोस् ।

रँग वाट कसरी जोगाउँछ तेल ?

  • तेलले टाउको र कपालमा चिल्लो को एउटा पातलो तह बनाउँछ । यही कारणले रँग वा अन्य कुनै पनि पदार्थको रोमकूप (पोरस) हरूमा धेरै प्रवेश गर्न पाउदैन ।
  • तेलको तहले रँग हरू लाई माथि राख्छ । जसले यसलाई सफा गर्न सजिलो हुन्छ ।
  • मनतातो पानीले कपाल धोएपछि रङ्ग सजिलै सफा हुन्छ ।
  • तेलको कारण टाउको र कपालमा रग टासीदैन , जसको कारण कपाललाई क्षति हुनबाट वचाउछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!