मदिरा सेवन गर्नेमा मात्र हैन नगर्नेमा समेत कलेजोमा बोसो जम्ने समस्या

कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा देखिँदा   ‘अल्कोहलिक फैटि लिभर’, भने जस्तै मदिरा सेवन नगर्ने व्यक्तिमा देखिने यस्तो समस्यालाइ ‘नन अल्कोहलिक फैटि लिभर’, अर्थात गैर मदिराजन्य कलेजोमा बोसो जम्ने रोग भनिन्छ


पछिल्लो दुइ–तिन दशक यता नेपालीको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । यसले पछिल्लो दिनमा मोटोपना र मधुमेहको समस्या सामान्य जस्तै भएको हो । र यसैले गर्दा  ‘नन अल्कोहलिक फैटि लिभर’, अर्थात गैर मदिराजन्य कलेजोमा बोसो जम्ने रोग को समस्या समेत उत्पन्न हुन्छ ।

कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा देखिँदा   ‘अल्कोहलिक फैटि लिभर’, भने जस्तै मदिरा सेवन नगर्ने व्यक्तिमा देखिने यस्तो समस्यालाइ ‘नन अल्कोहलिक फैटि लिभर’, अर्थात गैर मदिराजन्य कलेजोमा बोसो जम्ने रोग भनिन्छ ।

यो समस्या बढी मदिरा उपयोग नगर्ने वा अत्यन्त कम मात्रामा मदिरा सेवन गर्ने व्यक्तिमा हुन सक्छ । तर समयमा उपचार नगरे यसले मदिराले कलेजो बिगारे जस्तै बिगार्छ ।
शरीर धेरै बढी बोसो वनाउदा वा आवश्यक मात्राको खपत गर्न नसक्दा कलेजोमा बोसो विकसित हुन्छ । यस्तो अवस्थामा अतिरिक्त बोसो कलेजोका कोषिकाहरूमा जम्मा हुन थाल्छ ।

विस्तारै यो समस्या कलेजोको सिरोसिसमा परिणत हुन्छ । यसको जटिलता पनि उस्ता उस्तै हुन्छ । एक पटक सिरोसिस  भइ सके पछि यसलाई निको पार्ने कुनै प्रभावकारी उपचार विधि छैन । सिरोसिस शुरु अगावै फैटि लिभरको पहिचान गरेर यसको उपचार प्रकृया शुरु गर्नु अत्यावश्यक छ ।

कलेजो रोग, नन अल्कोहलिक स्टीटोहेपाटाइटिस कलेजोको सुन्नाइ र कलेजोमा बोसो जम्नाले हुने क्षति हो । पछिल्लो केही दशक देखी पश्चिमी मुलुकहरूमा कलेजो प्रत्यारोपण गर्ने एउटा प्रमुख कारण गैर मदिराजन्य कलेजोमा बोसो जम्ने  रोग समेत हो ।

कलेजोमा बोसो जम्ने समस्याको समय मै पहिचान र उपचार नभए विस्तारै कलेजो कडा हुँदै जान्छ । अझ लामो समय सम्म यसको रोक थाम भएन भने यो ‘सिरोसिस’ र कलेजो को क्यान्सरमा मा बदलिने सम्भावना समेत हुन्छ ।

निरन्तर बोसोको जमाइले गर्दा कलेजो आफ्नो स्वभाविक आकार समेत गुमाउँछ । यो ठुलो हुँदै जान्छ र यसमा भएका कोशिकाहरुको कडापन समेत बढ्दै जान्छ ।
हाल विश्व भरी नै यो रोगको प्रकोप मदिरा सेवन नगर्नेहरूमा बढ्दै गएको छ । गतिहीन आरामदायी जीवनशैली, पश्चिमा शैलीको खानपानले लगायतकाले गर्दा यो समस्या महामारीको रुप लिन सक्ने सम्भावना समेत छ ।

पछिल्लो दशक देखी नेपालमा समेत जंकफुड, धेरै बढी बोसो भएको खाना, मासु, सोडा, कोल्ड ड्रिंक र मदिरा सेवन गर्ने हरूमा कलेजोमा बोसो जम्ने समस्या बढी देखिराखेको छ ।

बढ्दो शहरीकरणले गर्दा नेपालीको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । जंक फुड, बोसो चिल्लो सहितको खानपानमा सहज पहुँच स्थापित हुदैछ । खानपिनले गर्दा धेरै जसो व्यक्तिमा बढी शारीरिक तौल अर्थात मोटोपनाको समस्या देखि राखिएको छ । मधुमेहको प्रकोप मा समेत बृद्घि हुनुको साथै  शरिरमा बोसोको मात्रा समेत बढ्दै जानु कलेजोमा बोसो जम्ने प्रमुख कारण हो ।

एउटा स्वस्थ कलेजोमा कम वा अलिगति पनि बोसो जमेको हुनु हुन्न । गैर मदिरा जन्य फैटि लिभर रोगको मुख्य जटिलता नै सिरोसिस हो । जो कलेजोमा ढिलो गरी पर्ने एक प्रकारको चिनो(फाइब्रोसिस) हो । सिरोसिस कलेजोमा चोटको प्रकृया ले गर्दा हुन्छ एवं कलेजोको सुन्नाइ लाइ रोक्ने प्रयास गर्छ र यसको लागि यो स्कारिङ्ग क्षेत्र(फाइव्रोसिस)लाइ उत्पन्न गर्छ । निरन्तर सुन्नाइ संग फाइब्रोसिस बढी भन्दा बढी कलेजोको तन्तु ग्रहण गर्नको लागि फैलिन्छ ।

यो रोगको मुख्य कारणमा मोटोपना, मधुमेह, हाइपरलिपिडिमिया, अनुवांशिक कारण, कुनै विशेष औषधिको नकारात्मक प्रभाव समेत हुन सकछ ।

धेरै जसो व्यक्तिमा यो रोगको कुनै लक्षण समेत देखिदैन । धेरै जसो समय कुनै घटना विशेषले पेटको अल्ट्रासाउन्ड गराउदा यो समस्या वारे थाहा हुन्छ ।

केही व्यक्तिलाइ भने यसको लक्षण अन्तर्गत अस्वस्थताको अनुभुति, थकाइ, कमजोरी, वाकवाकी, माथिल्लो दाहिने पेटमा वैचैनी, समस्या समेत देखिने गरिन्छ ।

यो समस्याको पहिचान अन्तर्गत चिकित्सकले विरामीको रुटिन’, रगत परिक्षण गराउछन । यस वाहेक अतिरिक्त परिक्षण हरु समेत आवश्यक पर्न  सक्छ ।

यस अन्तर्गत अल्ट्रासाउन्ड परिक्षण, सिटि स्क्यान, अपर ग्यास्ट्रो इन्टेस्टाइनल इन्डेस्कोपी, फाइव्रोस्क्यान मात्र नभइ कलेजो को वायोप्सि समेत गर्नु पर्ने हुन सक्छ ।

कलेजोमा बोसो जम्ने रोगको सटिक कारण अझै सम्म ज्ञात छैन । यस्तै यसको कुनै प्रत्यक्ष उपचार समेत छैन । यसको अप्रत्यक्ष उपचार गरिन्छ । जस्तै  तौलमा कमी र निरन्तर व्यायामको सहयोगले मोटोपना घटाइन्छ ।

कलेजोमा बोसो जम्ने समस्या देखिएको  करिव ७० प्रतिसत व्यक्तिमा मोटोपना देखिएका छ । अझ कलेजोमा बोसो जम्ने समस्या भएका करिव ७५ प्रतिसत व्यक्तिमा टाइप–२ मधुमेह देखिएको छ ।

कलेजोमा बोसो जमेका करिव २० देखी ८० प्रतिसत व्यक्तिको रगतमा उच्च लिपिड(वोसो) समेत देखिएको छ ।

कलेजोमा बोसो जमेकाहरुमा इन्सुलिन प्रतिरोधी(रेसिष्टेन्ट) अवस्था समेत देखिएको छ । यो अवस्थामा शरिरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । तर यो आवश्यक छैन की त्यो व्यक्तिलाइ मधुमेह नै होस ।

यो रोगको सम्भावित उपचार दिर्घकालिन, जीवन पर्यन्त जारी रहन्छ । व्यक्ति विशेषमा उपचार निर्धारण गर्न कठिन समेत हुन्छ ।

यो रोगको वाच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रुपमा आफनो सहि तौल कायम राख्नु आवश्यक छ । तर यो रोग विकसित नहोस भनेर  केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परिक्षण एवं लिभर फंगसन टेष्ट गराउनु सहयोगी हुन सक्छ ।

यसको उपचारमा हाल केही नया औषधि समेत थपिएको छ । यस अन्तर्गत भिटामिन ‘इ’, र पायोग्लिटा जोन(मधुमेहको औषधि) केही मात्रामा सहयोग गरे तापनि यसवारे अझै विश्वसिनय प्रणाम खोजने प्रकृया जारी छ ।

हाल सम्म कलेजोमा बोसो जम्ने समस्याको निवारणको लागि आफ्नो तौलमा उपयुक्त कमी ल्याउनुको साथै नियमित व्यायाम वाहेक अन्य उपाय छैन । तर कलेजोमा बोसो जमेका धेरै व्यक्तिलाइ खतरनाक समस्या विकसित हुदैन । तथापी केही व्यक्तिमा कलेजोमा बोसो जम्ने रोग समय संगै झन नराम्रो अवस्थामा पुग्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!