स्वास्थ्य बीमाको अनलाइन नवीकरण अब पेमेन्ट वालेट र आइपीएस मार्फत गर्न सकिने


काठमाडौं – अब स्वास्थ्य बीमाको नवीकरण प्रक्रिया थप सहज र सरल बन्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग लिंक गरेर अनलाइन नवीकरणको सुविधा सुरु गरेको छ । जस अन्तर्गत सेवाग्राहीले अब पेमेन्ट वालेट र आइपीएस प्रणाली मार्फतै मोबाइल बाटै बीमा नवीकरण गर्न सक्नेछन्।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नयाँ व्यवस्था लागू गरिएको जानकारी दिँदै, यसले सेवाग्राही लाई समय र स्रोतको बचत हुने विश्वास व्यक्त गरे।

सूचना अधिकारी विकेस मल्लका अनुसार, अनलाइन नवीकरणको निर्णय पहिल्यै गरिएको भए पनि व्यावहारिक रूपमा अब मात्र सेवा लागू भएको हो।

अहिले सम्म बीमा नवीकरण एजेन्टहरू मार्फत मात्र हुँदै आएको थियो, जसले तत्काल नवीकरण चाहने सेवाग्राहीलाई समस्या पार्दथ्यो। अब यो बाध्यता हटेपछि बीमा नवीकरण दर समेत बढ्ने अपेक्षा बोर्डले लिएको छ।

यता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज र प्रभावकारी सेवा दिन बीमा प्रणालीमा विभिन्न सुधारका प्रयास गरिरहेको जानकारी दिएका छन्।

हालै मन्त्रीपरिषद्को बैठकबाट पास भएको निर्णय अनुसार अब नागरिकले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने र दर्ता गरेको तीन महिनाको सट्टा एक महिनाभित्रै सेवा पाउन सक्ने व्यवस्था लागू भइसकेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!