डा. गोविन्द केसीअस्पताल भर्ना/पिसाब मा किटोन देखियो, रगत मा सुगर कम हुदै, मुटु को चालबढदै


धनगढी – चिकित्सा शिक्षा र सेवा क्षेत्र सुधारका लागी अनसनरत  प्रा .डा गोविन्द केसीको स्वास्थ्य स्थिति कमजोर हुदै गएकोछ । उनको पिसाबमा किटोन समेत देखीन थालिएको छ ।

डा केसीले सात बुँदे माग राख्दै सोमबार देखि  धनगढीको कृष्ण मन्दिरमा सत्याग्रह सुरु गरे पनि  स्वास्थ्यमा समस्या देखिन थालिए पछि उनलाई  वुधवार साझदेखी सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएकोछ ।

२० औ पटक आमरन अनसन गरिरहेका डा.केसीमा कमजोरी आउन सुरु भएको सेती प्रादेशिक अस्पताल वरिष्ठ फिजिसियन डा .शेरबहादुर कमरले नेपालहेल्थप्रेसलाई बताए ।

हाल डा.केसीमा को मांसपेशी दुख्नु,  एक क्षण कुरा गर्दा सास फेर्न गार्हो हुनु, कमजोरी लगायतका समस्या देखि राखिएको जनाउँदै डा. कमरले  भने – ‘रक्तचाप ठिक छ, अहिले ११०/७० छ ।’

तर डा.केसीको मुटुको चाल मंगलबारको दाँजोमा बुधवार बढेको छ । मंगलबार उनको मुटुको चाल प्रति मिनेट सरदर ७० भए पनि वुधवार १०० पुगेको छ ।

यति मात्र नभई डा.केसीको रगत जाँच गर्दा शुगर कम देखिन थालिएको छ । हाल उनको रगतमा सुगर ५६ मिलिग्राम पर डेसिलिटर देखिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!