राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनामा मृगौला प्रत्यारोपण

यो आर्थिक वर्षसम्ममा ९ सय जनाको निःशुल्क मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफलताको साथ समेत सम्पन्न


काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मा विहीवार पहिलो पटक एकै दिनमा जीवित दाता वाट चार जनाको मृगौला प्रत्यारोपण गरिएको छ । केन्द्रले यसै आर्थिक वर्षसम्ममा ९ सय जनाको निःशुल्क मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफलताको साथ समेत सम्पन्न गरेको हो ।

चार जना स्वस्थ व्यक्ति वाट विहीवार दानमा प्राप्‍त मृगौला चार जनालाई प्रत्यारोपण गरिएको हो ।

अर्घाखाँचीकी २६ बषिर्या छोरीले ४८ बषिर्य आमाबाट, दोलखाका २७ सौतेनी छोराले ३८ बषिर्य आमाबाट, तनहुँका ३६ बषिर्या श्रीमानले ३५ बषिर्या श्रीमतीबाट र काभ्रेका ३५ बषिर्या छोराले ५२ बषिर्य बुबाबाट मृगौला प्राप्‍त गरेका थिए ।

प्रत्यारोपित व्यक्ति तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउदै केन्दले मुलुकमा लाइभ डोनर वाट एकै दिन ४ जनाको मृगौला प्रत्यारोपण गरिएको यो पहिलो घटना रहेको समेत बताएको छ ।

करिव ३ वर्ष अघि प्रत्यारोपण केन्द्रमा आफ्नै नेतृत्वमा २ जना लाइभ डोनर र २ जना ब्रेन डेथ दाता वाट प्राप्‍त मृगौला एकै दिनमा ४ जना बिरामी लाइ प्रत्यारोपित गरिएको औँल्याउदै केन्द्रका निर्देशक एवं बरिष्ठ मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रको सहयोगमा मुलुकका अन्य सरकारी निकायमा समेत मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम जारी रहे बिरामीले प्रत्यारोपणको लागि पालो कुर्नु पर्ने बाध्यतामा कमी आउने छ बताए ।

हाल मुलुकमा करिव ६ सय जना मृगौला प्रत्यारोपणको प्रतीक्षामा रहेका छन ।

वर्तमान अवस्थामा केन्द्रको नेतृत्व परिवर्तन संगै वाषिर्क करिव २ सय जनाको दरले मृगौला प्रत्यारोपण भै रहेको केन्द्रले जनाएको छ ।

९ महिना अघि दोश्रो पटक प्रत्यारोपण केन्द्रको नेतृत्व डा.श्रेष्ठले सम्हाले पछि हाल सम्म १ सय ३७ जनाको मृगौला प्रत्यारोपण गरिएको हो ।

अहिले सातामा ६ देखी ८ जना सम्मको मृगौला प्रत्यारोपण हुने गरेको केन्द्रले जनाएको छ । थप सङ्ख्यामा प्रत्यारोपण गर्नका लागि तत्काल भौतिक पूर्वाधार विस्तार गर्नु आवश्यक रहेको समेत औँल्याएको छ ।

केन्द्रले मात्र माग धान्न नसक्ने हुदा सातै प्रदेशमा मृगौला प्रत्यारोपण विस्तार गर्ने योजना अनुसार यही असार ९ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सेवा शुरु गरी सकिएको र निकट भविष्यमा कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भैरहेको केन्द्रले जनाएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस केन्द्रलाई विस्तार गर्ने र बजेट भाषणमा उच्चस्तरको जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा समेत भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!