‘अझै मृगौला फेल भएका लाई डायलासिस, प्रत्यारोपण अत्यन्त कम मात्रामा उपलब्ध’


पोखरा -विज्ञहरूले मुलुकमा बर्षेनी हुने मृगौला फेल र त्यसको उपचार का लागी डायलासिस, प्रत्यारोपण लगायतका प्रकृया अत्यन्त कम मात्रामा उपलब्ध भएको बताएका छन । हाल जम्मा १९ जिल्लाको सरकारी अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्र भक्तपुर को संयुक्त आयोजनामा मस्तिष्क मृत्यु, अङ्गदान र प्रत्यारोपण सम्बन्धित अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले उक्त कुरा बताएकाहुन् ।

नेपालमा बर्सेनि ३ हजार जना को मृगौला फेल हुने गर्छ । यसकोलागि मधुमेह, उच्च रक्तचाप, पिसाव वाट प्रोटिन चुहिने रोग लगायतका कारण रहेको औल्याउँदै राष्ट्रीय प्रत्यारोपण केन्द्र भक्तपुरका मृगौला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठले भनिन – ‘जुन अनुपातमा यहाँ मृगौला सम्बन्धि समस्या देखिएको छ, त्यसको लागि उपचार डायलासिस तथा प्रत्यारोपण अत्यन्त कम मात्रामा उपलब्धछ ।’

हाल १९ जिल्लाको सरकारी अस्पतालमा डायलासिस उपलब्ध रहेको र करिब १० हजार जनाले यो सेवा रहेको भएपनि यो पर्याप्त नरहेको उनले बताइन् ।

‘हाल १० हजार जनाले डायलासिस सेवा लिई रहेपनि यो सेवा आवश्यक हुने वर्षेनी ३ हजार जना थपिने गर्छन’, डा. श्रेष्ठ ले भनिन – ‘प्रत्यारोपन सेवा अझै कम भएकोले इ सेवाहरुको व्यापक विस्तार आवश्यक छ ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपण शल्य चिकित्सा डा. पुकारचन्द्र श्रेष्ठले हाल ३ हजार जनालाई बर्सेनि प्रत्यारोपणको लागि मृगौला आवश्यकता पर्ने र हजार जनालाई कलेजो आवश्यक पर्ने भएकोले व्यापक अङ्गदान बाहेक कुनै विकल्प नरहेको जनाए ।

‘स्वस्थ व्यक्ति र मस्तिष्क मृत्पु भएको व्यक्तिले अन्न दान गर्नुपर्छ ‘, डा. श्रेष्ठ ले भने – ‘स्वस्थ व्यक्तिलाई दिइने अंगदानमा पुरुषहरूको एकाधिकार पनि समाप्त गर्नुपर्ने आवश्यकता छ ।’

हाल मुलुकमा ८० प्रतिशत महिला ले अङ्ग दान गर्छन् भने ग्रहण कर्ता ८० प्रतिशत पुरुष हुने गरेका छन् ।

यस्तै नेपालमा बर्सेनि एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको छ । एकजना मस्तिष्क मृत्यु भएका बाट आठ जनालाई अङ्ग दान गर्न सकिने भएकोले खरानी हुने शरिर को अंग बाट आवश्यकता भएका लाई जीवन को उपहार दिने काममा सवै लाई लाग्न डा. पुकार ले आव्हान गरे ।

हालसम्म प्रत्यारोपण केन्द्रमा चारजना मस्तिक मृत्यु भएका व्यक्तिबाट आठ जना लाई मृगौला र दुईजनालाई कलेजो प्रत्यारोपण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिरा चन्द्र केसीले मस्तिष्क मृत्यु अङ्गदान सम्बन्धी देशव्यापी अभियानमा सरकारले पूर्ण सहयोग गर्ने बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. डूक बहादुर क्षेत्री र डा. भरत बहादुर खत्री ले समेत अनुदानसम्बन्धी अभियानमा पूर्ण सहयोग रहने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!