स्वास्थ्य पर्यटनको गन्तव्य बन्ने सम्भावना बोकेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औ सफल कलेजो प्रत्यारोपण’


भक्तपुर – शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ३३ औ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ ।  हाल सम्म केन्द्र मा १ हजार ३ सय ८९ मृगौला प्रत्यारोपण भइ सकेको छ ।

पछिल्लो प्रत्यारोपणमा चितवनका ३९ वर्षीय बिरामीलाई उनकी ३७ वर्षीया श्रीमतीले आधा कलेजो दान गरेकी थिइन् । प्रत्यारोपण पछि ती बिरामी आठौं दिनमै पूर्ण रूपमा स्वस्थ भएर डिस्चार्ज भएका छन् भने उनकी श्रीमती छैठौं दिनमै घर फर्कि सकेकी छिन् ।

यो महत्वपूर्ण शल्यक्रिया नेपाल कै पहिलो कलेजो प्रत्यारोपणकर्ता, वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो । केन्द्रका अनुसार हाल देश भर गरिने कुल कलेजो प्रत्यारोपण मध्ये दुई तिहाइ यही हुँदै आएको छ ।

नेपालमै सम्भव अत्याधुनिक प्रत्यारोपण सेवा 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मिर्गौला र कलेजो प्रत्यारोपणमा अग्रणी स्वास्थ्य संस्था बनेको छ । सीमित स्रोत साधनका बाबजुद, केन्द्रले वार्षिक २०० मिर्गौला तथा १५ कलेजो प्रत्यारोपण गर्दै आएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालमा प्रत्यारोपणको लागत १५ देखि २० लाख रुपैयाँ मात्र पर्ने भएकाले यो सेवा अत्यन्तै किफायती मानिन्छ ।

अस्पतालले भविष्यमा ३०० शय्याको अत्याधुनिक भवन निर्माण गर्ने योजना अघि सारेको छ, जसका लागि उपयुक्त जग्गा आवश्यक रहेको छ। यती मात्र नभइ केन्द्र लाइ शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरेमा प्रत्यारोपण सङ्ख्या ३०० प्रतिशतले बढाउने लक्ष्य समेत लिइएको छ।

स्वास्थ्य पर्यटनको नयाँ गन्तव्य बन्ने सम्भावना 

यदि केन्द्रलाई आवश्यक पूर्वाधार उपलब्ध गराइयो भने नेपालमै कलेजो तथा मिर्गौला प्रत्यारोपणको सङ्ख्यामा उल्लेखनीय वृद्धि गर्न सकिने त्यहाँ कार्यरत चिकित्सकहरू बताउँछन् ।

‘कम लागत, उच्च सफलता दर र अनुभवी चिकित्सकहरू भएका कारण यहाँ अन्तर्राष्ट्रिय बिरामीहरू समेत आकर्षित गर्न सकिने’, केन्द्र का निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ बताउँछन् ।

नेपालमा अत्याधुनिक प्रत्यारोपण सेवा सम्भव छ भन्ने प्रमाणित गर्दै शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य क्षेत्रमै नयाँ उचाइ कायम गर्न सफल भएको जनाउँदै डा.पुकार भन्छन– ‘मिर्गौला प्रत्यारोपण मा हामीले मुलुकमा इतिहास रचेका छौ र कलेजो प्रत्यारोपणमा समेत सबै भन्दा अगाडी छौं ।’

‘केन्द्रको आवश्यकता लाई सरकारले ध्यान दिदैँ फास्टट्रेकमा काम अघि बढाए यसले मुलुकका प्रत्यारोपण क्षेत्रको आवश्यकता मात्र पुरा गर्दैन, हामी स्वास्थ्य पर्यटनको माध्यमले विश्व मै आफ्नै चिकित्सा क्षेत्रमा कायम गर्दै गरेको उपलब्धि लाई संस्थागत गर्न सक्छौं’ डा.पुकार भन्छन–‘यस्तै प्रत्यारोपण को क्षेक्रमा मुलुकमा र बाहिरको लागि समेत दक्ष जनशक्ति उत्पादनको लागि एउटा उपयुक्त संस्था को रूपमा पहिचान बनाउन सक्छौं ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!