वीरकाे अप्रेसन कक्षमा डाक्टर माथि आक्रमण : चिकित्सक संघको कडा प्रतिवाद


काठमाडौं –वीर अस्पतालको अप्रेसन कक्षमा कार्यरत चिकित्सक माथि भएको आक्रमण प्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघले घटनाको कडा निन्दा गर्दै दोषीलाई अविलम्ब कानुनी कारबाहीको माग गरेको छ ।

गत माघ २५ गते डा. घनश्याम थापा, डा. शरद पोखरेल सहित अन्य स्वास्थ्य कर्मी माथि भएको सांघातिक आक्रमण प्रति संघले ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य संस्थामा बारम्बार दोहोरिने यस्ता घटनाले स्वास्थ्य कर्मीहरूको मनोबल खस्काउँदै स्वास्थ्य सेवा प्रवाह मै असर पार्ने बताएको छ ।

चिकित्सक संघले सरकार तथा नेपाल प्रहरी लाई स्वास्थ्य कर्मी र संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार दोषी माथि कडा कारबाही गर्न आग्रह गरेको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले स्वास्थ्य कर्मीलाई सुरक्षित र भय रहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन सरकार सँग तत्काल पहल गर्न अनुरोध गरेका छन् ।

कानुनमा के छ ? 

स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अनुसार, स्वास्थ्य कर्मी माथि आक्रमण गर्ने व्यक्तिलाई कडा कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

यस ऐनको दफा ४ मा स्वास्थ्य कर्मी वा स्वास्थ्य संस्थाको सम्पत्तिमा क्षति पुर्याउने, धम्की दिने, आक्रमण गर्ने वा हिंसा गर्ने कार्यलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरिएको छ ।

दोषी ठहरिएमा, ती व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, स्वास्थ्य संस्थाको सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति समेत तिर्नुपर्ने प्रावधान छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!