‘प्रधानमन्त्री ओली को अपिल, सातामा एक पटक सबै मिलेर लामखुट्टे प्रजनन स्थल नष्ट गरौं’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ले लामखुट्टेको प्रजनन स्थल खोजेर लार्भा/प्युपा नष्ट गर्ने कार्य कम्तीमा सातामा एक पटक गर्न सबै सँग अपिल गरेका छन् ।

प्रधानमन्त्रीले बिहीवार राती आम व्यक्ति नाममा सन्देश जारी गर्दै शुक्रबार बिहान १० बजे १० मिनेट देश व्यापी अभियानको रूपमा लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताहरूका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गरेका हुन ।

मुलुकको केही जिल्लाहरूमा अझै डेँगुको प्रकोप कायमै रहेको जनाउँदै प्रधानमन्त्री ओलीले यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको बताएका छन् । यसबाट बच्न डेँगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानमा प्रधानमन्त्रीले सबै सँग सहभागिताको अपिल गरेका हुन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!