स्वास्थ्य मन्त्री प्रदीप पौडेल र भारतीय समकक्षी जेपी नड्डा बीच वार्ता, भारतीय पक्षद्वारा सहयोगको प्रतिबद्धता


नयाँ दिल्ली -स्वास्थ्य मन्त्री प्रदीप पौडेल र भारतीय समकक्षी स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा बीच द्विपक्षीय वार्ता भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ) को कार्यक्रममा सहभागिता का लागि नयाँ दिल्लीमा रहेका स्वास्थ्य मन्त्री पौडेल को भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री नड्डा सँग वार्ता भएको हो।

स्वास्थ्य मन्त्रालयको अनुसार भेटका क्रममा भारतीय पक्ष वाट तनहुँको जीपी कोइराला स्वास प्रस्वास केन्द्रलाई ३ सय शैय्या र उपकरण सहित अस्पताल निर्माण सुरुवात गर्न केही समयमा सम्झौता गर्ने जानकारी प्राप्त भएको छ ।

त्यस क्रममा ट्रमा सेन्टरको स्तरोन्नति, डायलासिस सेवा थप्नका लागि आवश्यक सहयोगमा समेत सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए ।

यस्तै, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन एव एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!