स्वास्थ्य सेवा लाई संघ मातहत राख्नु पर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको माग


धनकुटा – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, इटहरीले सरकार सँग स्वास्थ्य सेवा विशिष्टीकृत  र संवेदनशील सेवा भएको जनाउदै यसलाई संघ मातहत राख्ने माग गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, १ नम्बर प्रदेश समिति, इटहरी ले नाम्जे धनकुटामा गरेको तेश्रो पूर्ण बैठकमा सरकार सँग स्वास्थ्य सेवालाई संघ मातहत राख्नु पर्ने माग गर्ने निर्णय गरेको हो ।

प्रदेश समिति बैठकले स्वास्थ्य सेवालाई निजामती ऐनमा समावेश नगरी स्वास्थ्यकर्मी मैत्री छुट्टै स्वास्थ्य ऐन जारी गर्नु पर्ने माग गर्ने समेत निर्णय गरेको छ ।

यस्तै करिव ४ वर्ष देखी स्वास्थ्य सेवा तर्फको प्रदेश लोक सेवा विज्ञापन आव्हान नहुदाँ १ नम्बर प्रदेश का पहाडी क्षेत्रका स्वास्थ्य संस्थामा करिव ५० प्रतिशत भन्दा बढी दरबन्दी रिक्त भएर स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको जनाउदै बैठकले तत्काल प्रदेश लोक सेवाको कानुन, ऐन र नियमलाई संसोधन गरेर प्रकृया अघि बढाउन प्रदेश लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

सरकारी सेवाका स्वास्थ्य कर्मीको तलबी अध्ययन बिदाको व्यवस्था मिलाउन माग गर्ने लगायतका सात वटा निर्णय तेश्रो पूर्ण बैठकमा गरिएको हो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको नाम्जे धनकुटामा महासंघ का प्रदेश अध्यक्ष रामकुमार धमलाको अध्यक्षतामा भएको उक्त बैठकमा पूर्व मन्त्री तथा प्रदेश सांसद तुलसी न्यौपाने, महासंघ को केन्द्रिय अध्यक्ष डा.झलक शर्मा गौतम लगायतका को उपस्थिति थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!