एन्टिमाइक्रोबियल रेसिस्टेन्स

‘रोग पहिचान नभए सम्म एन्टिबायोटिक नदिनु होस्, रोग प्रतिरोधात्मक क्षमता घटाउँछ: एनएमसी’


नयाँ दिल्ली – राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) ले परीक्षण अघि र रोग पत्ता नलागे सम्म एन्टिबायोटिक औषधि दिन नहुने निर्देशन दिइएको छ । यसको (एन्टिबायोटिक) प्रयोग गम्भीर रोगहरू भएका बिरामीहरूमा सीमित हुनुपर्ने समेत जनाएको छ ।

एन्टिबायोटिकको अनुपयुक्त र अन्धाधुन्ध प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) मा डरलाग्दो वृद्धि भइ रहेको छ । ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरू मा औषधिको प्रभाव नहुनू लाई एएमआर भनिन्छ ।

एनएमसीले देशका मेडिकल कलेजका शिक्षक तथा वरिष्ठ रेजिडेन्ट डाक्टर हरुका लागि एन्टिबायोटिक औषधिको प्रयोगबारे नयाँ निर्देशिका जारी गरेको हो ।

१५६ पृष्ठको ‘नेशनल एक्सन प्लान अन एन्टिमाइक्रोवियल रेसिस्टेन्स मोड्युल फर प्रेसक्राइवर्स’ विषयक गाइड लाइन शिक्षक, रेजिडेन्ट डाक्टर , चिकित्सा संस्थान लाई पठाएको छ ।

एनएमसीले एन्टिबायोटिक प्रतिरोधी क्षमता बढ्न नदिन बिरामीहरूलाई उपयुक्त एन्टिबायोटिक वा एन्टिमाइक्रोबियलहरू तोक्न जोड दिएको छ।

यी दिशानिर्देशहरू केन्द्रीय स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवाका महा निर्देशकले केही महिना अघि एक निर्देशन जारी गरेपछि आएका छन्, जसमा डाक्टरहरूलाई बिरामीको उपचार गर्दा एन्टिबायोटिक प्रस्ताव गरे त्यसको कारण स्पष्ट रूपमा उल्लेख गर्न भनिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!