क्यान्सरका अत्यावश्यक औषधि बङ्गलादेशबाट आयात, बिरामीलाई ठूलो राहत


काठमाडौं – नेपालमा केही समय देखि गम्भीर अभाव देखिएका क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू ‘सिसप्लाटिन’ र ‘कार्बोप्लाटिन’ बङ्गलादेशबाट आयात गरिएको छ। आयातकर्ता कम्पनी अयान लाइफ केयरले यी औषधि नेपाल भित्राए पछि देश भरका क्यान्सर बिरामीको उपचारमा देखिएको संकट तत्कालका लागि टर्ने भएको छ।

कम्पनीका सञ्चालक डा अबुल हुसेन अन्सारी का अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्यधिक बढेका कारण प्रतिभाइल करिब ६५० देखि १ हजार रुपैयाँ सम्म घाटा बेहोरेर देश भर औषधि उपलब्ध गराउन थालिएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि

आयातकर्ताहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेका कारण यी औषधिको लागत निकै उच्च भएको हो। नेपालमा यी औषधि कुनै पनि स्वदेशी कम्पनीले उत्पादन गर्दैनन। पूर्ण रूपमा आयातमा निर्भर रहनु पर्ने बाध्यताका कारण अन्तर्राष्ट्रिय बजारको उतार चढावको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

बिरामीलाई राहतको अपेक्षा

पछिल्लो समय औषधिको अभावका कारण देश भरका क्यान्सर बिरामीहरूको उपचार प्रक्रिया प्रभावित भएको थियो। बजारमा औषधि आपूर्ति सहज भए सँगै बिरामी र तिनका परिवारले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

कम्पनीका मार्केटिङ म्यानेजर कमाल उज्मा ले बजारको माग र आवश्यकता अनुसार ‘सिसप्लाटिन’ र ‘कार्बोप्लाटिन’ को आपूर्ति निरन्तर कायम राखिने जानकारी दिए। डा.अन्सारीले बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राखेर सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!