प्रख्यात भारतीय गायिका अल्का याज्ञिकले सुन्ने क्षमता गुमाइन्


नयाँ दिल्ली -आफ्नो सुमधुर स्वरले भारत नेपाल मात्र नभई विश्वमै करोडौं सङ्गीत प्रेमीको कानमा,एक दो तीन.., कुछ कुछ होता है … जस्ता उत्कृष्ट गीत पुर्याएकी भारतीय बलिउड गायिका अलका याज्ञिकले सुन्न सक्ने क्षमता गुमाएकी छिन् ।

उनले सोमबार राति इन्स्टाग्राममा एक पोस्टमार्फत आफ्नो समस्याबारे मानिसहरूलाई जानकारी गराइन् । उनी सेन्सरी न्युरल नर्भ हियरिङ लस नामक कानको दुर्लभ रोगबाट पीडित छन्।

आफ्नो पोस्टमा अल्काले लेखेकी छिन्, ‘मेरा सबै फ्यान, साथी भाइ, फलोअर्स र शुभचिन्तक हरूको लागि… केही हप्ता अघि म एक उडानबाट बाहिर निस्किँदा अनुभव गरेँ कि म केही सुन्न सक्दिनँ। यो घटनाको केही सातापछि अलिकति हिम्मत जुटाएर अहिले म मेरा साथीभाइ र शुभचिन्तकहरू लाई यो बारेमा बताउँदैछ छु । उनीहरू बारम्बार सोधिरहेका थिए तपाईं कहाँ गायब हुनुभएको छ ।

जाँच गर्दा, मेरा डाक्टरहरूले सेन्सरी नर्भ हियरिङ लस भन्ने दुर्लभ रोग पत्ता लगाए, जुन मलाई भाइरल सङ्क्रमणले गर्दा भएको थियो। अन्तमा, अल्काले मानिसहरूलाई चर्को सँगीत न सुन्न र हेड फोन कम प्रयोग गर्न सल्लाह दिइन्।

सेन्सरी न्यूरल नर्भ हियरिङ्ग लस कान सम्बन्धी रोग हो, जुन कानबाट मस्तिष्क सम्म सन्देशहरू पठाउने नशाहरूमा क्षतिको कारण हुन्छ। यस अवस्थामा, पीडितले बिस्तारै वा अचानक सुन्न सक्ने क्षमता गुमाउन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!