विश्व खाद्य सुरक्षा दिवस

खानामा विष? हरेक दिन १६ लाख मानिस बिरामी, डब्लुएचओले चिन्ता व्यक्त गर्यो


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिण पूर्व एसियाका क्षेत्रीय निर्देशक साइमा वाजेदले विश्व भर दैनिक १६ लाख मानिस असुरक्षित खानाका कारण बिरामी हुने गरेको बताइन् । यी मध्ये ४० प्रतिशत बालबालिका पाँच वर्षभन्दा कम उमेरका छन् । वाजेदले विश्व खाद्य सुरक्षा दिवसको अवसरमा उक्त कुरा जनाएकी हुन ।

विश्व खाद्य सुरक्षा दिवस हरेक वर्ष जुन ७ तारिखमा मा मनाइन्छ । असुरक्षित खाना सँग सम्बन्धित जनस्वास्थ्य खतराहरूलाई रोक्न, पहिचान गर्न र प्रतिक्रिया दिन प्रयासहरूलाई प्रेरित गर्न संयुक्त राष्ट्र संघको महासभाले सन २०१८ मा यो दिवस स्थापना गरेको हो । यस वर्षको नारा ‘अप्रत्याशितका लागि तयार रहनुहोस’ रहेको छ ।

असुरक्षित खानाका कारण बिरामी हुने व्यक्तिहरूमा ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेको साइमाले बताइन् । यी बालबालिकाहरू पहिले देखि नै कुपोषण र मृत्युदरको उच्च जोखिममा रहन्छन् ।

असुरक्षित खानाको कारणले हुने रोगहरूले गर्दा उत्पादकत्व मा कमी आउँछ र चिकित्सा खर्चमा वृद्धि हुन्छ, जसले न्यून र मध्यम आय भएका देशहरूमा वार्षिक रूपमा अनुमानित ११० बिलियन डलर (१४,६८१,५७९,०००,००० रुपियाँ)  को नोक्सान हुन्छ ।

दक्षिण पूर्वी एसिया क्षेत्रको स्थिति 

क्षेत्रीय निर्देशकले अफ्रिका पछि दक्षिण पूर्वी एसिया क्षेत्र असुरक्षित खानाका कारण स्वास्थ्य भार मा दोस्रो स्थानमा रहेको बताइन । यस क्षेत्रमा प्रति वर्ष अनुमानित १५० मिलियन रोग र १ लाख ७५ हजार मृत्यु हुन्छ ।

साइमाले खाद्य सुरक्षा सामूहिक दायित्व भएको र यसमा सरकार, उत्पादक र उपभोक्ताले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले सरकारहरूलाई राष्ट्रिय खाद्य सुरक्षा आपतकालीन प्रतिक्रिया योजनाहरू लाई विकसित र नियमित रूपमा परीक्षण गर्न आह्‍वान समेत गरिन ।

उत्पादक वा खाद्य व्यवसायसञ्चालकहरूलाईखाद्य सुरक्षा व्यवस्थापन योजनाहरूलाईकार्यान्वयन र अद्यावधिक गर्ने जिम्मेवारी लिन भनियो । उपभोक्ताहरूलाई सुरक्षित खाद्यहृयान्डलिङअभ्यासहरू पालना गर्न आग्रह गरिएको थियो र खाद्य सुरक्षा घटना रिपोर्ट गर्नसशक्तहुन आग्रह गरियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!