कलेजो प्रत्यारोपणले गति लिदै

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज


भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा गरिएको २५ औं कलेजो प्रत्यारोपण गरिएका व्यक्ति बुधवार सकुशल डिस्चार्ज भएका छन् । केन्द्रमा पछिल्लो समय मिर्गौला मात्र नभइ कलेजो प्रत्यारोपणले समेत निरन्तर गति लिदै गएको छ ।

केन्द्रमा २५औं कलेजो प्रत्यारोपण भएका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाईं प्रत्यारोपण भएको १० औं दिन सकुशल डिस्चार्ज भएका हुन । उनलाई ५१ वर्षीय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन ।

धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

केन्द्र स्थापना भएको १२ वर्षमै मुलुकको सबैभन्दा धेरै १२४८ जना मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्व स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!