अनुसन्धान

लुपसको प्रारम्भिक संकेत, दुःस्वप्न र दिउसो मतिभ्रम


दुःस्वप्न र मतिभ्रम वा दिवा स्वप्नमा वृद्धिले लुपस जस्ता अटो ईम्यून (स्वतः प्रतिरक्षा) रोगको सुरुवातलाई संकेत गर्न सक्छ । लुपस एक अटो इम्युन सुन्याइ हुने रोग हो, यसको असर मस्तिष्क सहित धेरै अङ्गहरूमा पर्छ ।

यो मानसिक स्वास्थ्य र न्युरोलजिकल लक्षणहरू जस्तै डिप्रेसन (उदासी रोग), मतिभ्रम र सन्तुलन गुमाउनु जस्ता प्रारम्भिक चेतावनी सङ्केतको रूपमा काम गर्छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालय र लन्डनको किंग्स कलेजका अनुसन्धान कर्ताहरूको नेतृत्वमा रहेको टोलीले गरेको यो अध्ययन इक्लिनिकल मेडिसिन जर्नलमा प्रकाशित भएको हो ।

अध्ययनको लागि, तिनिहरूले लुपसबाट पीडित ६ सय ७६ मानिसहरू र ४ सय चिकित्सकहरूको सर्वेक्षण गरे । साथै अटो इम्युन रुमेटिक रोग (लुपस सहित) बाट पीडित ६९ व्यक्ति र ५० चिकित्सकहरूको विस्तृत अन्तर्वार्ता लिइयो ।

अध्ययन नतिजाहरूले पाँच जना मध्ये तीन बिरामीहरू ले अनुभव गर्ने निन्द्राको बेला सपनाको अवरोध सबैभन्दा सामान्य लक्षण रहेको देखाएको छ । ती मध्ये एक तिहाइमा एक वर्षपछि लुपस रोग विकसित भयो ।

चार जना मध्ये एक बिरामीले मात्रै मतिभ्रमको रिपोर्ट गरेका छन्, जुन लुपस भएका ८५ प्रतिशत मानिसमा देखिन्छ । थप रूपमा, लुपस भएका पाँच जना मध्ये तीन बिरामी र अन्य रुमेटोलोजी (वात) सम्बन्धी अवस्था भएका तीन जना मध्ये एक जनाले पनि निन्द्रा मा गडबडी भएको रिपोर्ट गरेका छन् । उनीहरूले मतिभ्रम भन्दा तुरुन्तै पहिले ज्वलन्त र त्रास दायक दुःस्वप्नहरू पनि अनुभव गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!