अनुसन्धान

राती निन्द्रा पुग्यो? तपाई को चालले बताउनेछ वास्तविकता


पत्याउनु हुन्छ, हाम्रो बिहान पाइला चाल्ने तरिकाले हामीलाई राती पर्याप्त निन्द्रा आयो वा आएन बताउँछ । यो कुरा अमेरिकाको जर्ज मेसन युनिभर्सिटीमा गरिएको एउटा अध्ययन मा खुलासा भएको हो । यस अध्ययनमा आधारित प्रतिवेदन स्लिप साइन्स जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूले खुलासा गरेका छन् कि यदि कसैलाई राती पर्याप्त निन्द्रा नलागेको खण्डमा भोलिपल्ट उसको चाल (हिँडाइ) मा परिवर्तन आउँछ । पाइलाहरू समान रूपमा अगाडि बढ्दैनन् । पाइलाहरू बीच पूर्ण समन्वय हुँदैन । नितम्ब(हिप) बढी हल्लिन्छ ।

यो अध्ययन गति (मोसन) सेन्सर लगाएर गरिएको थियो । अध्ययनमा संलग्न व्यक्तिहरूको शरीरमा मोसन सेन्सरहरू जडान गरिएको थियो। अनुसन्धान कर्ताहरूले सेन्सर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरेर यी नतिजामा पुगेका हुन् ।

तर, हरेक रात ७ देखि ८ घण्टा राम्रो निन्द्रा लिनु निकै जरुरी छ । निन्द्राको अवधि उमेर अनुसार फरक हुन्छ । निन्द्राको कमीले चाललाई मात्र प्रभावित गर्दैन तर अन्य धेरै मानसिक र शारीरिक समस्याहरू निम्त्याउन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!