विश्व उच्च रक्तचाप दिवस २०२४

तपाईँ को यी बानीहरू, उच्च रक्तचापको कारण हो, यसलाई आजैबाट परिवर्तन गर्नुहोस्


उच्च रक्तचाप उमेर भन्दा अगावै मृत्यु को कारण बन्न सक्छ । यो धेरै खतरनाक समस्या हो, थोरै लापरवाहीले पनि ज्यान लिन सक्छ । उच्च रक्तचाप (हाई ब्लड प्रेसर) लाई चिकित्सा भाषामा हाइपरटेन्सन भनिन्छ ।

असामान्य र असन्तुलित जीवन शैली, अस्वस्थ खानपानले उच्च रक्तचापको जोखिम निकै बढ्छ ।पारिवारिक इतिहास र तनावका कारण पनि उच्च रक्तचापको जोखिम बढ्न सक्छ ।

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकमा १५ वर्ष वा यो भन्दा माथिका महिला तथा पुरुषमा उच्च रक्तचापको प्रतिशत क्रमशः १८ र २३ प्रतिशत छ ।

उच्च रक्तचाप दीर्घकालीन (क्रोनिक) चिकित्सा अवस्था हो । यसले गर्दा रगतको धमनीहरूमा रगतको दबाब धेरै बढ्छ । जसले कलेजो, मस्तिष्क मिर्गौला, मुटु, आँखा मा धेरै नोक्सान हुन्छ ।

मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिलको अनुसार उच्च रक्तचापले गर्दा शरीरका यी अंग हरमा हुने नोक्सान रक्तचापको स्तर र यसको अवधि मा निर्भर गर्छ ।

विश्व भरीमा असमय मृत्यु को प्रमुख कारणमा मध्ये एक उच्च रक्तचाप हो । यसैले यस रोगको बारेमा मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष मे १७ मा विश्व भर उच्च रक्तचाप दिवस मनाइन्छ । यस वर्ष विश्व उच्च रक्तचाप दिवस को विषय वस्तु (थिम) , ‘तपाइ आफ्नो रक्तचाप सही रूपमा मापन गर्नुहोस्, , यसलाई नियन्त्रण गर्नुहोस् र लामो समय समय बाच्नुहोस्’, हो । यो थिम को अर्थ हो की लामो जीवन बाच्न आफ्नो ब्लड प्रेसर नाप्नुस् र यसलाई नियन्त्रण मा राख्नुस् ।

रक्तचाप कहिले उच्च मानिन्छ? 

अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडिसि) को अनुसार, सामान्य रक्तचाप १२०/८० भन्दा कम हुन्छ । यदि रक्तचाप यो भन्दा पनि कम भएमा यसलाई निम्न रक्तचाप (लो ब्लड प्रेसर) भएको मानिन्छ र यदि धेरै भयो भने यसलाई उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर मानिन्छ । यसले धेरै गम्भीर खतराहरू निम्त्याउन सक्छ ।

उच्च रक्तचापको सबैभन्दा ठूलो कारण के हो ? 

उच्च रक्तचापको सबैभन्दा ठूलो कारण खराब जीवन शैली र खानपान नै रहेको मुटु रोग विशेषज्ञ ओम मूर्ति अनिल बताउँछन् । खराब जीवन शैलीले पछिल्लो केही दशक देखी विस्तारै किशोर एवं युवाहरू समेत गम्भीर समस्या वाट पीडित हुन थालेका छन् । वास्तवमा, आजकल तीव्र गतिको जीवनमा दैनिक दिनचर्या गडबड भएको छ, जसका कारण धेरै रोगहरू तीव्र गतिमा फैलिरहेका छन् । अत्याधिक धूम्रपान, मदिरा सेवन, शारीरिक क्रियाकलापको कमी, राम्रो निन्द्रा नलिनु, चिन्ता, खानामा नुनको बढी प्रयोग, खराब खानपान, दिन भर मोबाइल–ल्यापटपको प्रयोग आदीले  उच्च रक्तचापको जोखिम बढिरहेको छ ।

उच्च रक्तचाप कति चरणमा हुन्छ? 

उच्च रक्तचापका कारण टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र नाकबाट रगत बग्ने जस्ता समस्या हुन सक्छन् । यी सबै लक्षणहरू तब मात्र देखा पर्छन् जब अवस्था अत्यन्त गम्भीर अर्थात् घातक हुन्छ । उच्च रक्तचापका दुई चरण हुन्छन् । पहिलो जसमा यसको रिडिङ १३० देखि १३९ एमएम एचजी र तल्लो रिडिङ ८० देखी ९० एमएम एचजी होस । जबकी, दोस्रो भनेको माथिल्लो रिडिङ १४० एमएम एचजी भन्दा बढी र तल्लो रिडिङ ९० एमएम एचजी वा सो भन्दा बढी होस ।

उच्च रक्तचापबाट बच्न के गर्ने ? 

यदि खानपान र जीवन शैलीमा सुधार ल्याउने हो भने उच्च रक्तचापको जोखिम कम गर्न सकिने डा.ओममुर्ति बताउँछन् । यसैले बिग्रदो जीवन शैली मा सुधार ल्याउनु पर्छ । खानामा फास्टफुड को सट्टा स्वस्थकर खाद्य सामाग्री फलफूल सेवन, बिहान छिटो उठ्ने र राती छिटो सुत्ने , चिन्ता र डिप्रेसन वाट जोगिने , नियमित व्यायाम सँगै सक्रिय जीवन शैली अपनाउनु पर्छ । यति मात्र नभइ डा.ओममुर्ति सकारात्मक सोच र इर्श्या, द्वेष, रिस, राग आदिबाट मुक्त हुनु समेत मुटु रोग र उच्च रक्तचापबाट जोगाउन सघाउने बताउँछन् ।

यदि तपाई उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने सबै भन्दा पहिले यसको उपचार गराउनु पर्छ किनकी अवस्था गम्भीर भएमा हृदय घात हुन सक्छ । यदि कसैको परिवारमा उच्च रक्तचापको समस्या देखिएको छ भने त्यस्ता व्यक्तिले नियमित रूपमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । १८ वर्ष पुगेपछि सबैले वर्षमा कम्तीमा दुई पटक आफ्नो रक्तचाप जाँच गराउनुपर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!