अनुसन्धान

के तपाइको जिनमा छिट्टै मर्ने खतरा लुकेको छ? नआत्तिनोस्, यी बानीहरूले आयु बढाउनेछ


के तपाई ले कहिल्यै सोच्नुभएको छ कि तपाई को बानीले तपाई को उमेरलाई कसरी असर गर्छ? हालैको एक अनुसन्धानमा वैज्ञानिकहरूले स्वस्थ बानी (उमेर बढाउने बानी) अपनाएर तपाई को जिन (वंशानुगत गुण) को प्रभावलाई पनि कम गर्न सक्ने बताएका छन् ।

हो, तपाई को परिवारमा कम उमेर मै मृत्युको इतिहास भए पनि, तपाई स्वस्थ रहेर लामो जीवन बाँच्न सक्नुहुन्छ । स्वस्थ जीवन शैलीले उमेर न पुग्दै मृत्युको जोखिम कम गर्छ ।

मेडिकल जर्नल ‘बीएमजे इभिडेन्स बेस्ड मेडिसिन’ मा प्रकाशित अनुसन्धानमा १३ वर्षसम्म ३ लाख ५० हजारभन्दा बढी मानिस माथि अध्ययन गरिएको थियो । यस अवधिमा, अनुसन्धान कर्ताहरूले मानिसहरूको जिन र तिनिहरूको जीवन शैलीको अध्ययन गरे ।

असल बानीहरू अपनाउनुस्, लामो र स्वस्थ जीवन बाँच्नुस् 

अनुसन्धान अनुसार चुरोट नपिउने, नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने र सन्तुलित आहार खाने जस्ता स्वस्थ बानीहरू अपनाएमा आफ्नो आयु बढाउन सकिन्छ ।

अध्ययनले यो पनि पत्ता लगायो कि जसको जिन मा कम उमेरमा मृत्युको जोखिम थियो, तर उनीहरूको राम्रो जीवन शैली थियो भने उनीहरू अस्वास्थ्यकर बानी भएका मानिसहरू भन्दा दोब्बर लामो बाच्न सके । त्यही अस्वास्थ्यकर बानीहरू अपनाउनेहरूमा प्रारम्भिक मृत्युको जोखिम ७८ प्रतिशत सम्म बढ्छ।

तर, अनुसन्धान कर्ताहरूले यस अनुसन्धानमा मानिसको जीवन शैलीलाई एक पटक मात्रै अध्ययन गरेको र यो नतिजा सबैका लागि लागू नहुन पनि सक्ने बताएका छन् । तैपनि, यस अनुसन्धानले संकेत गर्छ कि स्वस्थ रहँदा तपाई आफ्नो जिनको प्रभावलाई कम गर्न र लामो जीवन बाँच्न सक्नु हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!