नेपालमा सन २०२५ सम्म औलो निवारणको छाँट देखिँदैन

‘डा. रुद्र मरासिनि भन्छनः निवारणका चुनौतीहरू लाई सम्बोधन गर्न विशेष रणनीतिक अभ्यास आवश्यक’


काठमाडौं– नेपालमा पछिल्लो सात दशक देखी जारी नियन्त्रण कार्यक्रमको बावजुद सन २०२५ सम्म औलो निवारण गर्ने सरकारी लक्ष्य पुरा हुने छाँट देखिँदैन ।

दशकौँ सम्म तराइ मधेशमा व्यापक प्रसार रहेको औलो पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्ला मा समेत देखिन थाल्नू ले नियन्त्रणमा थप चुनौती थपिएको छ ।

यस्तै भारत सँगको खुला सिमा, निजी र सामुदायिक अस्पतालको असहयोग, अफ्रिकी र खाडी राष्ट्र वाट आउने एसिम्प्टोम्याटिक (शरीरमा संक्रमण भइ सकेको तर लक्षण नदेखिएको) बिरामी हरू समेत औलो निवारण कार्यक्रममा चुनौतीको रूपमा देखिएका छन् । हाल मुलुकको एक तिहाइ अर्थात् ३३.०३ प्रतिशत जनसंख्या औलोको जोखिम मा रहेको छ ।

स्वास्थ्य सेवा विभाग द्वारा विश्व औलो दिवसको अवसरमा आयोजित सञ्चारकर्मी सँगको अन्तरक्रियामा कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.रुद्र प्रसाद मरासिनीले नेपालहेल्थप्रेससँग कुरा गर्दै भने–‘जब सम्म भारतमा औलो निवारण हुदैन तव सम्म हामी कहाँ यसलाई निवारण गर्नु सम्भव नै देखिँदैन ।’

भारतले नेपालको दाँजो मा ४ वर्ष पछि अर्थात् सन २०२९ मा औलो निवारण गर्ने सरकारी लक्ष्य राखेको छ । अझ ठूलो चुनौती भारत सँगको खुल्ला सिमा समेत हो ।

भारत वाट नेपाल आउने भारतीय र नेपाली नागरिकहरू निरन्तर मुलुकमा औलो संक्रमण को चक्र कायम राख्ने कारक को रूपमा देखिएका समेत डा.मरासिनि बताउँछन् ।

एकातर्फ निरन्तर भारत वाट सङ्क्रमितहरू निर्बाध रूपमा नेपाल आउँदै गरेको एवं अफ्रिकी र खाडी मुलुक वाट फर्किने नेपाली हरू समेत आफ्नो शरीरमा एसिम्प्टोम्याटिक औलो संक्रमण लिएर आउँदा यो समस्या झन् बल्झिने गरेको छ ।

इडीसिडी को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाख ६ गते सम्म मुलुकमा औलोको जम्मा ५ सय ७४ बिरामी को रोग पहिचान र उपचार भएको छ । अर्थात् आर्थिक वर्षमा कुल देखिएको औलो बिरामी मध्ये ३.२३ प्रतिशत मात्र स्थानीय बिरामी छन् बाकी सबै ९६.८६ प्रतिशत आयातित बिरामीहरू हुन ।

‘निजी र सामुदायिक अस्पतालले औलो पहिचान नगर्ने यो विषयमा ध्यान नदिने जस्तो अवस्थाले नियन्त्रणको प्रयासमा अवरोध उत्पन्न गर्दैछ’, डा. मरासिनी भन्छन–‘हामी औलो निवारण गर्न सक्छौ तर निवारण प्रयासमा पछिल्लो समय देखिएको चुनौतीहरू लाई सम्बोधन गर्न विशेष रणनीतिक अभ्यास आवश्यक छ ।’

के हो निवारण
औलो सङ्क्रमणले निरन्तर तिन वर्ष सम्म निरन्तर शून्य मृत्यु दर र शून्य स्थानीय केस देखिने स्थिति लाई निवारण भनिन्छ ।

के हो औलो ?

औलो रोग संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । मुलुकमा मुख्यतया औलोका दुई किसिमका परजीवीहरू– प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स पाइने गरेको छ ।

प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोग बढि जटिल र जोखिम युक्त हुन्छ । औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्ष मुनिका बालबालिकाहरू बढी जोखिममा रहने गर्छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार विश्व व्यापी रूपमा सन २०२२ मा ८५ देशहरूमा अनुमानित २४ करोड ९० लाख औलो को घटनाहरू र ६ लाख ८ हजार औले ले मृत्यु भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस