‘अमेरिकामा डा.प्रविण मिश्र को श्रद्धाञ्जली सभाः कम उमेर मै अस्ताएका आदर्श व्यक्तित्व’


काठमाडौं – मधेशी एसोसिएसन इन अमेरिका ले आइतवार पूर्व स्वास्थ्य सचिव एवं अर्थोडौन्टीष्ट प्रा.डा.प्रवीण मिश्र को सम्झनामा अमेरिकामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

६२ वर्षीय पूर्व स्वास्थ्य सचिव डा. मिश्रको निधन नयाँ दिल्लीमा २०८० साल चैत १३ गते भएको थियो । उनको कलेजोको सिस्टको शल्यक्रिया सफल भए पछि स्वास्थ्य लाभ गरिरहेको समय अस्पताल मै एक्कासि कार्डियाक एरेष्ट ले निधन भएको थियो ।

जुमको माध्यमले भर्चुअल श्रद्धाञ्जली सभामा बेलायत वाट सरिक भएका ओरल एण्ड मैक्सिलोफेसियल सर्जन डा.सुनिल साहले नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष समेत रहि सकेका डा.मिश्र कम उमेर मै आफ्नो क्षेत्रको सबै खाले उच्च सम्मान प्राप्त गरेको बताए ।

डा.मिश्र अर्थोडौन्टीक्स एण्ड डेन्टोफेसिएल अर्थोपेडिक एसोसिएसन अफ नेपाल का संस्थापक अध्यक्ष समेत थिए । बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र युनिभर्सिटी कलेज, ढाकाका भिजिटिङ् प्रोफेसर समेत रहेका डा.मिश्र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिर अस्पतालका दन्त शल्यक्रिया विभागका प्रमुख को रुपमा समेत काम गरेका थिए । उनी न्याम्सको डिन समेत भएका थिए ।

अमेरिकामा रोस युनिभर्सिटी, स्कुल अफ मेडिसिन का एसोसिएट डिन अफ स्टुडेन्ट्स एफेयर र एकेडेमिक चिफ अफ स्टाफ रहेका डा.प्रणय मिश्र जो डा.मिश्रका भाइ समेत हुन उनले अस्पतालमा २४ घण्टा भित्र दोश्रो पटक भएको कार्डियाक एरेष्टलाई थेग्न नसकी डा.मिश्र ले मृत्यु बरण गरेको बताए ।

कलेजोमा  देखिएको मासको सफल शल्यक्रिया पछि स्वास्थ्य लाभ गर्दै नेपाल फर्कने तयारी मा रहेका डा.मिश्र दोस्रो पटकको कार्डियाक एरेष्टलाई जित्न सकेनन् ।

डा.मिश्रको निधनले मधेश र नेपाल लाई धेरै ठूलो क्षति पुगेको जनाउँदै डा.जेपी साहले भने –‘उनी राजनैतिक चेतना भएका धेरै राम्रा व्यक्ति समेत थिए तर अत्यन्त कम उमेर मा हराए ।’

सेवा निवृत्त भए पछि डा.मिश्र मधेश को हितमा आन्दोलनमा समेत सकृय रहेको राजेश मिश्र बताए । व्यावसायिक रूपले डा.मिश्र धेरै सफल व्यक्ति रहेको जनाउँदै डा.विप्लव यादवले उनको कमी लाई पुरा गर्न नसकिने जनाए । मुलुकमा अर्थोडौन्टीक्स लाई पहिचान दिलाएका डा.मिश्र दन्त चिकित्साको क्षेत्रमा धेरै काम गरेको एसएन मिश्रले बताए ।

प्रा डा प्रवीण मिश्रको जन्म सन् १९६२ नोभेम्बर ११ मा महोत्तरी जिल्लाको पिपरामा भएको थियो । ५१ वर्षको उमेरमा स्वास्थ्य सचिव वाट सेवा निवृत्त भएका थिए । डा. मिश्र २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालय को सचिव थिए ।

उक्त श्रद्धाञ्जली सभामा डा.संगीत रौनियार, डा.सुनिता अर्याल, प्रमोद अग्रवाल, जयनारायण साह, राजेश मिश्र, रोशन नायक, लखन, दिनेश गौतम लगायतका व्यक्तित्व हरू ले डा.मिश्र लाई स्मरण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस