‘सरकारी स्वास्थ्य निकायमा हाजिर गरी अन्तै काम गर्न जाने लाई कारवाहीको चेतावनी’


काठमाडौं– स्वास्थ्य मन्त्रालयका निकायहरूमा हाजिर गरेर अन्तै काम गर्न धाउने चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरू लाई अब समस्या पर्न सक्ने देखिएको छ ।

यस भन्दा अघि समेत विभिन्न स्वास्थ्य मन्त्री को कार्यकालमा स्वास्थ्य मन्त्रालयले आफ्नो कार्यस्थलमा हाजिर गरेर अन्तै काम गर्न जानेहरूको लागि विभिन्न समयमा कडाइ गरिए पनि यसले खासै सुधार देखिएको थिएन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हाजिर गरेर बाहिर जाने समस्या ठूला अस्पतालहरूमा बढी देखिएको र यसै लाई सुधार्ने प्रयास अन्तर्गत विशेष पाइला चालिएको बताए ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतको अनुसार हाजिर गरेर भाग्ने समस्या जिल्ला अस्पतालको दाँजोमा ठूला अस्पतालहरूमा बढी देखिने गरिएको छ । जुनियर स्टाफ, रेजिडेन्ट भएका ठुलो इन्स्टिच्युटहरूमा झण्डै २५ प्रतिशत सम्म चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू हाजिर गरेर कार्यालय बाहिर जाने गरेको दाबी स्रोतको छ ।

स्वास्थ्य सचिव मधु सुदन बुर्लाकोटी ले शुक्रवार मन्त्रालय अन्तर्गत का सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरू लाई सम्बोधित गरेर पठाएको पत्रमा कार्यालय समयमा आफ्नो कार्यकक्षमा अनुपस्थित रहने कर्मचारी कानुनी कारवाहीको दायरामा आउने चेतावनी दिएका छन ।

उक्त पत्रमा मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभाग लगायतका निकायहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको हाजिरी हेर्दा आफ्नो निकाय/कार्यालयमा हाजिर भएको देखिने तर निजलाई कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने एवं सेवाग्राहीले सेवा लिन गएको समयमा पनि सम्बन्धित कर्मचारीलाई फेला पार्न नसकी सेवाग्राहीले पाउनु पर्ने सेवा पाउन नसकेको भनी गुनासो प्राप्त हुने गरेको उल्लेख छ ।

कार्यालय समयमा आफ्नो कार्यकक्षमा अनुपस्थित रहनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आ–आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्न हुन निर्देशन दिइएको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा अगाडि भनिएको छ–‘भविष्यमा यस प्रकारका गतिविधिमा संलग्नता पाइएमा कानून बमोजिम हुन जाने र सो बाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने जानकारी गराइन्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!