स्तन क्यान्सरमा घातक हुन सक्छ डिप्रेसन


एक अध्ययनमा स्तन क्यान्सरबाट पीडित महिलाहरूमा उदासी रोग (डिप्रेसन) घातक हुन सक्ने देखिएको छ । विभिन्न अध्ययनका नतिजाहरू भर्खरै हङ्गेरीमा भएको युरोपियन साइकियाट्रिक एसोसिएसन काँग्रेस २०२४ मा प्रस्तुत गरिएको थियो ।

अध्ययनको लागि, रूसी अनुसन्धान कर्ताहरूले सन १९७७ देखि २०१८ को बीचमा स्तन क्यान्सरबाट पीडित महिलाहरूमा डिप्रेसन को प्रभावको विश्लेषण गरे ।

अनुसन्धान अनुसार स्तन क्यान्सरका बिरामीमा डिप्रेसनको व्यापकता ४.५ प्रतिशत देखि ३८ प्रतिशत सम्म रहेको पाइयो । प्रारम्भिक चरण (पहिलो र दोस्रो स्टेज) को क्यान्सर र डिप्रेसन भएका बिरामीहरूमा स्तन क्यान्सर र सबै कारणले हुने मृत्युदरमा दुई देखि अढाई गुणा वृद्धि देखिएको थियो ।

८ देखि १५ वर्ष भित्र नन मेटास्टेटिक स्तन क्यान्सर भएका महिलाहरूमा मृत्युको जोखिम साढे दुई गुणा बढी हुन्छ । स्तन क्यान्सर सँग डिप्रेसन जीवनको गुणस्तर घटाउने पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!