चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई बाहिर पूर्ण कालीन काम नगर्न स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारी हरूलाई बाहिर काम नगर्न अपिल गरेको छ । मन्त्रालयले बिहीवार आफू अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्ण कालीन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको जनाउँदै उक्त अपिल गरेको हो ।

यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने जनाउँदै स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक, स्वास्थ्य कर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानुन सम्मत क्रियाकलाप गर्न अनुरोध गरेको छ ।

मन्त्रालय का सचिव मधुसुदन बुर्लाकोटी द्वारा हस्ताक्षरित उक्त अपिलमा यसबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने समेत जनाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!