स्वास्थ्य मन्त्री यादव भन्छन् : ८५ प्रतिशत भन्दा बढी बिरामी सरकारी स्वास्थ्य संस्थामा सेवा लिन्छन्, ६५ हजार स्वास्थ्य कर्मी थप्नु पर्छ


काठमाडौं– हाल नेपालमा ८५ प्रतिशत भन्दा बढी बिरामीको उपचार सरकारी स्वास्थ्य संस्था मा भइ रहेको जनाउँदै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव ले मुलुकमा अझ ६५ हजार स्वास्थ्य कर्मी थप्नु पर्ने बताएका छन् ।

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत ३५ हजार को हाराहारीमा स्वास्थ्य कर्मी रहेको औँल्याउँदै उप प्रधानमन्त्री यादवले उक्त कुरा स्वास्थ्य पत्रकार हरू सँग मन्त्रालयमा दोहरो संवाद गर्दै बताएका हुन ।

बिर, त्रिवि शिक्षण अस्पतालमा बिरामी को चाप बढेको बढ्यै छ’, स्वास्थ्य मन्त्री ले भने–‘मुलुकमा निम्न मध्यम वर्गीय समाज ठुलो छ र तिनको उपचार हुने ठाउँ सरकारी अस्पताल नै हो ।’

उनले अगाडि थपे–‘सरकारी स्वास्थ्य संस्थामा समस्या पनि छ सेवा पनि छ । सरकारी अस्पताललाई सुधार्न लगानी, जनशक्ति , भौतिक संरचना र साधन श्रोत आवश्यक रहेको जनाउँदै स्वास्थ्य मन्त्री ले भने–‘सरकारी अस्पतालमा भएका साधन स्रोतलाई राम्ररी उपयोग गर्नु पनि त्यतिकै महत्वपूर्ण छ ।’

विपन्न वर्गको उपचारको आधार नै बिमा

विपन्न वर्गको उपचारको आधार नै बिमा रहेको जनाउँदै स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यसलाई सबै नेपाली को स्वास्थ्य उपचार सँग जोड्नु पर्ने बताए ।

‘बिमामा समस्या देखियो । हस्पिटल ले बिमा को भुक्तानी नभएको बताउँछन, बिमा गरेकाले उपचारमा जाँदा उहाँ को गुनासो समेत छ’, यादवले भने–‘तथापि बिमाबाट लाभान्वित हुनेको ठूलो संख्या छ र यसलाई मूल्याङ्कन हुनु आवश्यक छ ।’

प्रतिष्ठानहरूलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनु पर्छ

स्वास्थ्य मन्त्री ले प्रतिष्ठानहरूलाई अधिकार सम्पन्न, स्वायत्त र आफ्नो खुट्टा मा उभ्ने बनाउनु पर्ने बताए । उनले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आदि लाई ओल्याउँदै हरेक प्रतिष्ठानको चरित्र फरक हुने समेत उनले जनाए ।

‘प्रतिष्ठानको छाता ऐनमा मलाई चित्त बुझेको छैन’, उनले भने–‘एउटै छाता मुनी ल्याँउदा सिन्डीकेट हुन्छ, शक्तिको दुरुपयोग हुने सम्भावना हुन्छ, मलाई छाता ऐन उचित लागेको छैन ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!