के व्यायाम गरेर उमेर घटाउन सकिन्छ ? वैज्ञानिकले पत्ता लगाए उत्तर


वैज्ञानिकहरू भन्छन्, व्यायामले बुढ्यौलीलाई उल्ट्याउन सक्छ । एक अध्ययनले सुझाव दिन्छ कि व्यायामले लिपिडहरू (एक प्रकारको बोसो) को सञ्चयलाई रोक्न मद्दत गर्दछ जुन शरीरको तन्तुहरूको उमेर बढ्दै जाँदा जम्मा हुन्छन् र यसरी उमेर घटाउन मद्दत गर्दछ ।

नेदरल्याण्डको आम्सटर्डम युनिभर्सिटी मेडिकल सेन्टर (युएमसी) का वैज्ञानिकहरूको टोलीले मानिस र मुसा दुवैमा यो अध्ययन गरेको हो । नेचर एजिङ जर्नलमा प्रकाशित अध्ययनको नतिजाले देखाएको छ कि केही खास लिपिडहरू छन् जसले तन्तुको बुढ्यौलीलाई संकेत गर्छ र व्यायाम द्वारा यसलाई कम गर्न सकिन्छ ।

आम्सटर्डम युएमसी मा जेनेटिक मेटाबोलिक डिजिजको प्रयोगशालाका प्रोफेसर रिकेल्ट हाउटकोपरले भने, ‘हामीले बुढ्यौलीलाई उल्टाउन सक्छौं भन्ने विचार लामो समयदेखि विज्ञान कथा मानिएको थियो, तर यी निष्कर्षहरूले हामीलाई बुढ्यौली प्रक्रिया बारेमा धेरै नयाँ अन्तर दृष्टि दिन्छ ।’

आम्सटर्डम यूएमसीका सहायक प्रोफेसर जर्जस जेन्सेन्सले भने, ‘यो बुढ्यौली हुनुको एउटा अंश मात्र हो,’ हरेकले भन्छन्, तर यो बुढ्यौली प्रक्रियाको बारेमा थप बुझेर हामीले हस्तक्षेप गर्ने नयाँ तरिका र उपायहरू खोज्न सक्छौं, हेर्न सक्छौं ।’

मुसामा भएको अध्ययनका लागि टोलीले बोसोको संरचनाले मांसपेशी, मृगौला, कलेजो र मुटुमा कसरी परिवर्तन ल्यायो भन्ने जाँच गर्यो। तिनिहरूले भेट्टाए कि एक प्रकारको लिपिड, बिस (मोनोएसिलग्लिसरो) फास्फेट (वा बीएमपी), वृद्ध जनावरहरूको सबै तन्तुहरूमा बढेको थियो ।

टोलीले वृद्ध वयस्कहरूको मांसपेशी बायोप्सीहरूमा बीएमपी को समान सञ्चय पनि फेला पार्यो । तर दिनहुँ एक घण्टा व्यायाम गरेपछि, बायोप्सीले बीएमपीको स्तरमा कमी देखियो जसले व्यायामको बल दियो । यद्यपि, टोलीले बुढ्यौली प्रक्रियालाई उल्टाउन शारीरिक गतिविधिको भूमिका अन्वेषण गर्न थप अध्ययनहरू आवश्यक रहेको बताएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!