यो वर्ष मधेश प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषदको विस्तार हुन सक्ने


काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदको विस्तार यो वर्ष मधेश प्रदेशमा हुन सक्ने देखिएको छ । उच्च श्रोतको अनुसार परिषदको विस्तार स्वास्थ्य सूचकांकमा धेरै तल रहेको मधेश प्रदेश लगायत अन्य ठाउँमा यसै वर्ष हुन सक्छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव ले समेत नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रदेश स्तरमा विस्तार गर्ने संकेत गरेका छन् । स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १० औ राष्ट्रिय शिखर सम्मेलनको समापन समारोह लाई सम्बोधित गर्दै उक्त संकेत गरेका हुन ।

समारोह मै स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले समेत परिषदको विस्तार बारे प्रस्ट पारेका थिए । ‘सात वटै प्रदेश मा अनुसन्धान लाई लिएर जानु पर्छ भन्ने धेरै अगाडि देखी आइ रहेको कुरा हो’, डा.पोखरेलले भने–‘पक्कै पनि यो वर्ष हामीले क्रमिक रूपमा अनुसन्धान परिषदलाई प्रादेशिक संरचनामा लग्ने उप प्रधानमन्त्री ज्यू को सोच छ र हामी त्यसरी नै अगाडि बढेका छौं ।’

यस्तै स्वास्थ्य मन्त्री यादवले समेत समापन समारोह लाई सम्बोधित गर्दै भने–‘यस (परिषद) लाई अझ विस्तार गरेर प्रदेश स्तरमा र आवश्यकता परेको ठाउँमा समेत क्रमशः विस्तार गर्दै अगाडि लैजानु पर्दछ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् देशमा उच्चतम स्तरको वैज्ञानिक अध्ययन र गुण स्तरीय स्वास्थ्य अनुसन्धान प्रदान गर्ने जिम्मेवार राष्ट्रिय निकाय हो । २०३९ सालमा स्वास्थ्य सचिवको अध्यक्षतामा स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान समितिको रूपमा यसको सुरुवात भएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!