‘स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन राज्य लाई स्वास्थ्य वैज्ञानिकहरूको सुझाव’


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १० औ राष्ट्रिय शिखर सम्मेलनका सहभागी हरू राज्यले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकता औँल्याएका छन् ।

एक हजार भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्व विद्यालय, विभिन्न संस्था तथा सरकारका प्रतिनिधि वैज्ञानिकहरूको सहभागितामा सम्पन्न भएको १० औ शिखर सम्मेलन ले ६ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको तिन दिने शिखर सम्मेलनको समापन सत्रमा शुक्रबार परिषदका सदस्य सचिव डा. प्रमोद जोशी ले स्वास्थ्य अनुसन्धानमा राज्यले लगानी बढाउनु पर्ने सबैको साझा सुझाव रहेको बताए ।

‘राज्यले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा विनियोजन गर्ने बजेट अत्यन्त न्यून छ’, डा.जोशीले भने–‘स्वास्थ्य को कुल बजेटको २ प्रतिशत अनुसन्धानमा विनियोजन हुनु आवश्यक भएकोले स्वास्थ्य अनुसन्धानको बजेटमा सकारात्मक पहल हुने विश्वास लिएका छौं ।’

परिषद् ले २०७१ साल देखी वर्षेनी आयोजना गर्दै आएको शिखर सम्मेलनको १० औ संस्करण को समापन समारोहमा बोल्दै स्वास्थ्य मन्त्रालय का सचिव डा.रोशन पोखरेलले स्वास्थ्य अनुसन्धानमा बजेट कम भएको धारणा प्रति ध्यानाकर्षण भएको जनाउँदै हाल रिसर्चमा बजेट कम रहेको स्वीकार गरे ।

परिषदले आफै अनुसन्धान गर्ने हैन, समन्वय गर्ने होः डा. पोखरेल

आगामी वर्ष देखी यस विषयमा केही गर्ने जनाउँदै स्वास्थ्य सचिव डा.पोखरेलले भने–‘तपाई (परिषद)ले रिसर्च गर्ने होइन भन्ने नै सल्लाह हो, कृपया रिसर्च कोअर्डिनेटेड रूपमा अन्य साथीले गर्नु पर्यो ।’

स्वास्थ्य क्षेत्रमा धेरै कम अनुसन्धानः उप प्रधानमन्त्री यादव 

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समापन समारोह लाई सम्बोधन गर्दै मुलुकमा स्वास्थ्य क्षेत्रमा धेरै कम अनुसन्धान भएको बताए । ‘स्वास्थ्य क्षेत्र र स्वास्थ्य सम्बद्ध क्षेत्रका विषयमा अझ धेरै अनुसन्धानको आवश्यकता छ’, उप प्रधानमन्त्री यादवले भने–‘हामी ज्यादा जोड उपचार हस्पिटल भवन र शिक्षणमा दिई रहेका छौं । उपचार, शिक्षण र अनुसन्धान यी तिन कुरा उत्तिकै महत्वपूर्ण हुन ।’

स्वास्थ्य मन्त्री ले आजको विज्ञान प्रविधिको युगमा नेपाल जस्तो आर्थिक रूपमा पछि परेको मुलुकमा अनुसन्धानको अति नै महत्व रहेको र परिषद् लाई अझ जनशक्ति र स्रोत को आवश्यकता मा ध्यान दिने नै बताए ।

उनले सम्मेलन वाट आएका सिफारिस र निष्कर्ष सरकारको लागि भविष्यमा मार्गदर्शनको आधारको रूपमा काम गर्ने समेत जनाए ।

७५ वटा अनुसन्धान मूलक पेपर, २ सय ६३ वटा पोस्टर प्रस्तुत 

सम्मेलनमा ७५ वटा अनुसन्धान मूलकपेपरहरूको मौखिक तथा २ सय ६३ वटापोस्टरहरूकोप्रस्तुतीकरण भयो । हरेक दिन सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषय माथि सामूहिक छलफल समेत भएको हो ।

१० औं शिखर सम्मेलनको ६ बुँदे घोषणापत्र 

  • १. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान प्रणाली तथा यसको आचारसंहिताको कार्यान्वयनलाई थप बलियो र प्रभावकारी, मर्यादित तथा नागरिक प्रति जिम्मेवार र राष्ट्रिय प्राथमिकतामा आधारित रहेको सुनिश्चितता गर्न सबैमा आह्वान गर्दछौँ ।
  • २. अनुसन्धानबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या सम्बन्धी तथ्य तथ्याङ्कहरू र तीनको स्वास्थ्य नीति, योजना र कार्यक्रममा प्रभावकारी प्रयोग हुनुपर्ने कुरामा हामी सहमत छौ र यसको निरन्तर पैरवी र कार्यान्वयनको लागि आह्वान गर्दछौँ ।
  • ३. स्वास्थ्यका वृहत् निर्धारकलाई सम्बोधन गर्न, जनस्वास्थ्य, समाज विज्ञान, चिकित्सा तथा जीव विज्ञान, वातावरण विज्ञान र प्रविधि जस्ता विषय क्षेत्र समेटेर बहुपक्षीय र अन्तर निकाय अनुसन्धानहरू गर्नुपर्ने विषयमा प्रतिवद्ध छौ र प्राथमिकतामा राख्न सरोकारवालाहरू आह्वान गर्दछौँ ।
  • ४. गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा समान पहुँच पुर्याउन कसैलाई पनि आर्थिक भार नपर्ने किसिमको वित्तिय प्रणालीको विकास र कार्यान्वयन हुने अवस्था सिर्जना गर्न आवश्यक वातावरण तयार गर्न आह्वान गर्दछौँ ।
  • ५. जलवायु परिवर्तन र यसले स्वास्थ्य तथा वातावरणमा पार्ने प्रतिकूल असरलाई तत्काल सम्बोधन गर्न सम्बन्धित सबैलाई सक्रिय सहभागी बन्न अनुरोध गर्दछौँ ।
  • ६. अनुसन्धानका विभिन्न क्षेत्रहरू जस्तै जनस्वास्थ्य, चिकित्सा, डिजिटल प्रविधि र आर्टिफिसिएल इन्टेलिजेन्सलाई प्राथमिकताका राख्न हामी सबै छौ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!