‘राजधानीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको तिन दिने शिखर सम्मेलन’


काठमाडौं–राजधानीमा ‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नव प्रवर्तन’ नारा सहित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको तिन दिने शिखर सम्मेलन बुधवार देखि शुरु हुँदैछ ।

एक हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धान कर्ता, अध्येता हरूको सहभागिता रहने सम्मेलनमा नेपाल लगायत भारत, स्विट्जरल्याण्ड, बेलायत, अस्ट्रेलिया, अमेरिका लगायत देशहरूबाट समेत स्वास्थ्य अनुसन्धान कर्ताको सहभागिता रहनेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ले २०७१ साल देखी वर्षेनी आयोजना गर्दै आएको शिखर सम्मेलनको लक्ष्य सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवर्द्धन गर्ने तथा योजना र विकासमा टेवा पुर्याउने हो। राष्ट्रपति रामचन्द्र पौडेल ले सम्मेलनको उद्घाटन गर्ने परिषदले जनाएको छ ।

सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धान कर्ता, स्वास्थ्य तथा जनसङ्ख्याका साझेदार, शिक्षाविद्, चिकित्सक र नीति निर्माताहरूलाई एउटै मञ्चमा ल्याउने परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले बताए ।

सम्मेलनमा ७५ वटा अनुसन्धान मूलक पेपर हरु को मौखिक तथा २ सय ६३ वटा पोस्टर हरूको प्रस्तुतीकरण हुने छ ।

हरेक दिन सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषय माथि सामूहिक छलफल समेत हुने डा. जोशीले बताए ।

यस अन्तर्गत नेपालको वित्तीय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुण स्तरीय र समता मूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने परिषदले उल्लेख गरेको छ । सम्मेलनमा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान गरिने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!