मनमोहन कार्डियो थाेरासिक सेन्टरमा एसीको पाइप पड्कियो


काठमाडौं —मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एसीको पाइप पड्किएको छ ।

महाराजगञ्ज स्थित त्रि वि शिक्षण अस्पताल परिसरमा रहेको सेन्टरमा विस्फोटको ठूलो आवाजले त्यहाँ रहेका मानिसहरू तितरबितर भएका थिए । प्रहरी का अनुसार एसीको पाइपमा जोडिएको तार सर्ट सर्कीट हुँदा ठूलो आवाज आएको हो ।

आवाजका कारण अस्पतालमा रहेका हरू तितरबितर भएपनि कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । तर केन्द्र को  मेन्टिनेन्स शाखाले भने यसबारे आफू लाई कुनै जानकारी नभएको नेपालहेल्थप्रेसलाई टेलिफोन मा बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!