९८ औषधि निःशुल्क तर जानकारी अभाव : आधारभूत स्वास्थ्य सेवा


काठमाडौं–राज्य ले उच्च रक्तचाप, मधुमेहको लागि निःशुल्क एमलोड, मेटफर्मिन लगायतका अन्य शारीरिक समस्या का लागि ९८ थरीका औषधि निःशुल्क उपलब्ध गराउने भए पनि यस बारेमा आम जनसमुदायमा खासै जानकारी छैन ।

मुलुकमा आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क छन् । कानुनी रूपमा राज्यले दिने आधारभूत स्वास्थ्य सेवा का लागि धेरै लगानी गरे पनि जानकारी अभाव लगायतका कारणले सेवा पाउनु पर्ने हरूले जुन प्रकारले यो सुविधाको उपयोग गर्नु पर्ने हो त्यसरी सेवा लिइ रहेका छैनन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखा द्वारा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी मंगलबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका छन् ।

‘राज्यले निःशुल्क रूपमा उच्च रक्तचापको लागि एमलोड मधुमेहको लागि मेटफर्मिन सहित ९८ थरीको औषधि निःशुल्क उपलब्ध गराए पनि यसबारे जानकारी अभाव देखिएको छ’, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.अनुप बास्तोला ले भने–‘राज्य द्वारा उपलब्ध आधारभूत स्वास्थ्य सेवा लक्षित समुदायले जुन हिसाबले पाउनु पर्ने हो त्यो पाइ रहेका देखिँदैन ।’

राज्यले आधारभूत स्वास्थ्य सेवाको लागि आर्थिक वर्ष २०८०/८१ म प्रदेशको लागि १४ करोड ४१ लख २० हजार र स्थानीय तहको लागि १ आब २९ करोड ३४ लाख विनियोजित गरेको छ ।

आधारभूत स्वास्थ्य सेवा का ९ वटा घटक अन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन , पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ , नवजात शिशु तथा वाल स्वास्थ्य सेवा छन् । यस्तै सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्द्घन एवं आयुर्वेद तथा परम्परागत स्वास्थ्य सेवा छन् ।

आधारभूत तथा आकस्मिक सेवा व्यवस्थापन शाखाका प्रमुख डा.उत्तम पच्याले आधारभूत स्वास्थ्य सेवा का ९ वटा घटक अन्तर्गत पाइने विभिन्न निःशुल्क सेवाहरू बारे समेत विस्तृत जानकारी अभाव देखिएको बताउँछन्।

राज्यको सामाजिक सुरक्षाका सबै कार्यक्रमहरू एकद्वार प्रणाली अन्तर्गत सञ्चालन हुनु पर्ने आवश्यकता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनी ले औँल्याए । उनले आधारभूत र आकस्मिक सेवा को प्याकेज पूर्ण निःशुल्क हुनुपर्ने समेत जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!