कोशी अस्पतालमा उपकरण खरिद प्रकरणः ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कोरोना महामारीको समय हाई डिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामाग्री खरिदको लागि स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो


काठमाडौं —मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोप मा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्र देव मेहता, मेडिकल व्यवसायी विशाल पण्डित, बायो मेडिकल इन्जिनियर कुशल दहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, मनोज कुमार आचार्य लगायतका ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीको समय कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाई डिपेन्डेन्सी युनिट (एचडीयु) जडान तथा सञ्चालन गर्न सामाग्री खरिदको लागि स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरू विरुद्ध २ करोड ८९ लाख ६६ हजार ५० रुपियाँ बिगो माग दाबी गरेको छ । अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।

अख्तियार ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्वास्थ्य व्यवसायी पण्डित सहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायो मेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!