विश्व स्तरीय प्रत्यारोपण सेवा स्थापनाका लागि डा. पुकार चन्द्र श्रेष्ठ सम्मानित


ललितपुर– विश्व नेवाः संगठन नेपाल च्याप्टरले मुलुकमा अंगदान प्रवर्द्धन एवं विश्व स्तरीय मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवाको स्थापनाका लागि डा. पुकार चन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

विश्व नेवाः संगठन दिवसको अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहमा सङ्गठनले शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार को योगदानलाई कदर गर्दै सम्मान गरेको हो ।

उक्त अवसरमा डा. पुकारले आफ्नै समुदायबाट सम्मानित हुन पाउँदा आभार व्यक्त गर्दै भविष्यमा थप ऊर्जा साथ कलेजो र मिर्गौला प्रत्यारोपण लगायत यस्तो समस्या आउनै नदिने जनजागरणमा मा लाग्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!