‘१४ करोडको लागतमा प्रादेशिक अस्पतालमा धनुषा बर्थिङ्ग सेन्टर’

‘मधेशमा गुण स्तरीय सेवाको लागि प्रतिबद्ध हुन उप प्रधानमन्त्री यादवको निर्देशन’


जनकपुर धाम– उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुण स्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको जनाउँदै यसका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत को प्रादेशिक अस्पताल जनकपुर धाम मा १४ करोड लागतमा नव निर्मित धनुषा बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै उप प्रधानमन्त्री यादवले चिकित्सकहरूलाई प्रतिबद्धता का साथ सेवामा जुट्न निर्देशन दिएका हुन ।

‘सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुण स्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिला बासी के हो’, उप प्रधानमन्त्री यादवले भने–‘मिथिला वासीले यसलाई प्रमाणित गरेर देखाउनु पर्छ ।’

स्मरण रहोस् यूएस इन्डो प्यासिफिक कमान्ड र यूएस एम्बेसीको सहयोग मा करिब १४ करोडको लागतमा निर्मित उक्त ७५ बेडको बर्थिङ्ग सेन्टरको शिलान्यास समेत उप प्रधानमन्त्री यादवले नै सन २०१८ नोभेम्बर १९ तारिखमा गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिँचाई मन्त्री सिंघासन साह कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघीय स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, अमेरिकी राजदूत डिन आर थमसन, मधेश प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक राम नरेश पण्डित सहितको सहभागिता थियो ।

मधेशमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम जारी 

उप प्रधानमन्त्री उपेन्द्र यादवले जनकपुर, राजविराज र वीरगन्जमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भैँ रहेको बताएका छन् । उनले यी स्वास्थ्य सम्बन्धी ठूलो प्रोजेक्टहरूले गर्दा मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास समेत व्यक्त गरे ।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोग को लागि अमेरिकी सरकार र त्यहाँको जनतालाई उप प्रधानमन्त्री यादवले धन्यवाद समेत दिए । उनले एमसिसी मार्फत भैँ रहेको विकास निर्माणको चर्चा समेत गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!