‘स्वास्थ्य मन्त्री यादवले कान्ति बाल अस्पताल आएका बिरामी लाई कुनै पनि नाममा अन्यत्र पठाउन रोक लगाए’


काठमाडौं–उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालमा आएका बिरामी लाई कुनै पनि नाममा अन्यत्र पठाउन रोक लगाएका छन् ।

स्वास्थ्य मन्त्री यादवले बुधवार कान्ति बाल अस्पताल को आकस्मिक अनुगमन पछि अस्पताल प्रशासनलाई निर्देशन दिँदै उपचारका लागि आएका बिमारी फर्काउन रोक लगाएका हुन ।

‘कान्तिमा उपचारका लागि ल्याइएका बालबालिका आइसीयु बेड खाली नभएर वा मेसिन बिग्रेर ’लगायतका कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुस’, स्वास्थ्य मन्त्रीले अस्पताल प्रशासनलाई आइसीयु बेड थपेर, सेवा बिस्तार गरेर भए पनि बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका हुन ।

स्वास्थ्य मन्त्री ले अस्पतालमा रहेका शल्यक्रिया कक्ष र बहिरङ्ग सेवा लाई आम व्यक्तिले अनुभूति गर्ने गरी प्रभावकारी ढंगले सञ्चालन गर्नु पर्ने बताए । यति मात्र नभएर स्वास्थ्य मन्त्री यादव ले सिटी स्क्यान, एमआरआई, एक्स–रे लगायतका कुनै पनि बिग्रेको मेसिन भए तत्काल मर्मत सम्भार गरेर सुचारु गर्न अस्पताललाई निर्देशन दिए ।

उनले अस्पताल प्रशासन लगायत निर्देशक लाई फार्मेसीमा औषधिको उपलब्धता सुनिश्चित गर्न आवश्यक कारबाही गर्न भने । यस अन्तर्गत अस्पतालमा सञ्चालित फार्मेसीमा अत्यावश्यक देखि अन्य आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउन र अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्था लाई अन्त्य गर्न समेत तुरुन्त प्रक्रिया चाल्न निर्देशन दिए ।

हाल को सूचना प्रविधिको जमानामा अस्पतालमा डिजिटल प्रविधि व्यापक रुपमा लागू गर्नु पर्ने औँल्याउँदै स्वास्थ्य मन्त्री यादवले बिरामीले टिकट र रिपोर्ट लिन घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइन मै रिपोर्ट  हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउने निर्देशन समेत दिएका हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!