डाउन सिन्ड्रोम पीडित बालबालिकाका लागि वरदान हो, न्युरो डेभलपमेन्ट उपचार


डाउन सिन्ड्रोम एक आनुवंशिक विकार हो, जसले प्रत्येक वर्ष सामान्यतया एक हजार मध्ये एक जना बच्चालाई जन्म को समय प्रभावित गर्छ । यस्तो अवस्थामा बालबालिकाको शारीरिक र मानसिक विकासमा केही समस्या आउँछ । यद्यपि, न्यूरोडेभलपमेन्टल ट्रिटमेन्ट (एनडीटी) भनिने विशेष उपचारले यी बालबालिकाहरूलाई धेरै मद्दत गर्न सक्छ ।

विश्व डाउन सिन्ड्रोम दिवस हरेक वर्ष मार्च २१ मा मनाइन्छ । यस दिनको उद्देश्य डाउन सिन्ड्रोमको बारेमा मानिसहरूलाई सचेत गराउनु र यस अवस्थाबाट पीडित हरू माथि हुने भेदभाव अन्त्य गर्नु हो ।

यस वर्षको विषयवस्तु ‘एन्ड् द स्टीरियोटाइप्स’, अर्थात पूर्वाग्रह लाई समाप्त पारौँ, हो । जसले समाजलाई डाउन सिन्ड्रोम भएका बालबालिकाले केही कुराहरू मात्र सिक्न सक्छन् भन्ने धारणा अन्त्य गर्न आह्वान गर्दछ ।

के हो न्यूरोडेवलपमेन्ट उपचार?

न्यूरोडेवलपमेन्ट उपचार बालबालिकाको समग्र विकासमा मद्दत गर्ने एक व्यापक उपचार हो । यो उपचारले बालबालिकाको मोटर स्किल्स अर्थात् शारीरिक क्रिया लाई गर्ने क्षमता, त्यसमा तालमेल बसाउने र उनीहरूको सम्पूर्ण शारीरिक विकासमा ध्यान दिन्छ । साथै यसले तिनिहरूलाई द्रुत गतिमा चीजहरू सिक्ने र आफ्नो काम आफै गर्न सक्षम बनाउ छ । जसले तिनिहरूको जीवनको गुणस्तर सुधार हुन्छ ।

न्यूरोडेवलपमेन्ट उपचार कसरी काम गर्छ ?

यो उपचार हरेक बच्चाको लागि फरक फरक हुन्छ । डाक्टरहरूले बच्चाहरूको आवश्यकता र उनीहरूको विकास क्षमतालाई ध्यानमा राखेर उनीहरूको लागि व्यक्तिगत उपचार योजना तयार गर्छन् । यो उपचारमा धेरै चीजहरू समावेश हुन सक्छ, जस्तैः

  • व्यायाम र शारीरिक गतिविधिहरूः बच्चाहरूलाई उनीहरूको मांसपेशी बलियो बनाउन र उनीहरूको लचिलोपन ल्याउन विशेष व्यायाम गराइन्छ ।
  • खेल र रमाइलो गतिविधिहरूः बच्चाहरूले खेलबाट धेरै कुरा सिक्छन् । त्यसैले यस्ता खेललाई न्यूरोडेवलपमेन्ट उपचारमा समावेश गरिन्छ, जसले बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत गर्छ ।
  • प्रविधिको प्रयोगः आजकल भर्चुअल वा अन्तर क्रियात्मक (इन्टरेक्टिभ) एपको सहायताले समेत बालबालिकाको उपचार गरिन्छ। यी एपहरूले बच्चाहरूलाई चीजहरू सिक्न सजिलो बनाउँछ ।
  • विशेषज्ञहरूको समूहः धेरै विशेषज्ञहरू न्यूरोडेवलपमेन्ट उपचारमा सँगै मिलेर काम गर्छन् । यसमा फिजियोथेरापिस्टहरू, अकुपेसनल (पेशागत) थेरापिस्ट (जसले दैनिक कार्यहरू गर्नमा मद्दत गर्छन), स्पीच थेरापिस्ट र डाक्टरहरू समावेश हुन सक्छन् । यो समूहले मिलेर बच्चाको प्रगति अनुगमन गर्छ र आवश्यकता अनुसार उपचार योजनामा परिवर्तनहरू गर्छ ।
  • परिवारको भूमिकाः आमा बाबु र परिवारको भूमिका न्यूरोडेवलपमेन्ट उपचारको एक महत्वपूर्ण भाग हो । डाक्टरहरूले आमा बाबुलाई घरमा बच्चाहरूलाई कसरी व्यायाम गराउने हेरचाह गर्ने आदि सिकाउँछन् । यसबाट बालबालिकालाई चाडै फाइदा हुन्छ ।

न्यूरोडेवलपमेन्ट उपचार कुनै पनि उमेरका बालबालिकाको लागि लाभदायक हुन सक्छ । तर यो उपचार जति चाँडो  सुरु हुन्छ, बच्चाहरूलाई त्यति नै बढी फाइदा हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस