उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य मन्त्री

यस अघि यादव केपी शर्मा ओली नेतृत्व को सरकारमा करिब डेढ वर्ष स्वास्थ्य मन्त्रालय सम्हालेका थिए


काठमाडौं—जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिएका छन् । यादव आफ्नो राजनैतिक क्यारियरमा दोस्रो पटक स्वास्थ्य मन्त्री बनेका हुन ।

६३ वर्षीय यादवले आइत बार राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ लिएका छन् । बारा क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद यादव यस अघि केपी शर्मा ओली नेतृत्व को सरकार मा २०७५ साल जेठ १८ गते उप प्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री बनेका थिए । करिब डेढ वर्ष पछि उनलाई स्वास्थ्य वाट हटाएर कानुन मन्त्री बनाइएको थियो ।

स्वास्थ्य मन्त्रालयमा आइतवार पदभार ग्रहण समारोह मा यादवले यस अघि स्वास्थ्य मन्त्री रहदा राम्रै फिडब्याक आएको स्मरण गर्दै यस पटक अझै धेरै काम गर्ने उद्धेश्य रहेको जनाए । २०६४ को पहिलो संविधान सभा निर्वाचन बाट संसदीय राजनीतिमा आएका यादव स्नातकोत्तर  गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!