आधा शताब्दी पछि मुस्ताङ अस्पतालमा डा.कुन्दन कर्णको नेतृत्वमा पहिलो पटक शल्यक्रिया


जोमसोम ( मुस्ताङ ) —मुस्ताङ जिल्ला अस्पताल स्थापना भएको ४८ वर्षपछि पहिलो पटक बुधबार प्रसूतिको सफल शल्यक्रिया भएको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउपालिका–३ लेते कालापानीकी २४ वर्षीया अनीता परियारलाई बिहान ६ बजेर ३६ मिनेटको जादा  शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । आमा र २ किलो ८ सय ग्रामको शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

एमडीजीपी’, डा. कुन्दन कर्ण को नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । शल्यक्रियामा टोलीमा डा.राजीव सापकोटा, डा. विशाल तिवारी, नर्सिङ स्टाफ सुनीता श्रीमल, नीता घर्तिमगर एवं सहयोगी सनीलाल परियार समेत संलग्न थिए ।

अस्पतालको झण्डै आधा शताब्दीको इतिहासमै यौ नै पहिलो शल्यक्रिया रहेको जनाउदै डा. कर्णले नेपालहेल्थप्रेशडटकम लाइ भने–‘ यहा शल्यक्रियाको समाज जुगाड गर्नु नै अति गार्हो छ, अर्डर दिए पनि सामान आउन ढिलो हुन्छ भने कहिले उपयुक्त नआएर फिर्ता गर्नु पर्ने अवस्था समेत देखिन्छ ।’

संघीय सरकारबाट केही रकम सहयोग ल्याएर अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको हो । यसै साता शल्यक्रिया कक्षले पूर्णता पाए पछि बुधवार सुत्केरीको  पहिलो शल्यक्रिया गरिएको डा.कर्णले बताए ।

अब सुत्केरी लगायतकाको आकस्मिक शल्यक्रिया को लागि हेलिकप्टर ने कुर्नु पर्ने अवस्थाको अन्त भएको छ’, डा.कर्णले भने–‘अझ वर्षा , जाडोमा बाटो बन्द हुन्छ तल समेत जान नसकिने स्थितिमा अव आत्तिनु पर्दैन ।’

डा.कर्णका  अनुसार अस्पतालमा हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफार लगायत सामान्य खालका सबै शल्यक्रिया सेवा उपलब्ध हुने छ । २०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकार मातहत २५ शय्या क्षमतामा सञ्चालित छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!