‘लोमस फर्मा स्युटिकल्स को २ र फार्माको इन्डस्ट्री को १ औषधि गुणस्तर हीन देखियो’


काठमाडौं– औषधि ब्यवस्था विभाग (डिडिए)ले लोमस फर्मास्युटिकल्स प्रा.लि. को झोल औषधि ‘मेट्रो सस्पेन्सन’ ब्याच नम्बर एमटीएस ०१२३ र खाने चक्की ‘हेल्माप्रेन’ को व्याच नम्बर एचपी ०१२२ एवं फार्माको इन्डष्ट्रि प्रा.लि.को झोल औषधि ‘मेट्रो–पी’ को ब्याच नम्बर २२/०१ लाई सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न नगराउन अनुरोध गरेको छ ।

डिडिए ले बजार अनुगमन को क्रममा संकलन गरिएका एलोप्याथिक औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशाला वाट परीक्षण गर्दा उक्त औषधिहरू न्यून गुणस्तर भएको पाइएको जनाएको छ ।

डिडिएले उक्त दुवै कम्पनीको तिन वटै उल्लेखित ब्याच नम्बरको औषधि बिक्री वितरण रोक्का गरेर तुरुन्त फिर्ता गर्न र यसको विवरण विभागमा पेश गर्न समेत सम्बन्धित औषधि उद्योगी र तिनका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!