फागुनको चौथो साता, चितवन मा हुने औषधि प्रदर्शनी को सबै स्टल बुक


काठमाडौँ – नेपाल औषधि उत्पादक संघ द्वारा चितवनमा आयोजना हुन लागेको औषधि प्रदर्शनी, ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सबै स्टल बुक भइसकेका छन ।

औषधि प्रदर्शनी एक प्लेटफर्म हो जहाँ फर्मास्युटिकल र स्वास्थ्य सेवा उद्योग का कम्पनी हरूले आफ्ना उत्पादन, सेवा, आविष्कार र विशेषज्ञता प्रदर्शन गर्छन्।

औषधी उत्पादक संघले नेपाली औषधीको प्रवर्द्घन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको औषधि प्रदर्शनीको सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले बताए । बरालका अनुसार एक्स्पोका लागि १ सय ५० वटा स्टल बुकिङ भइसकेका छन् ।

‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मूल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा फागुन २५ देखि २७ गतेसम्म फर्मा एक्स्पो हुँदैछ । अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा बिक्री विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशाला का स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला का स्टल रहेको बरालले बताए ।

यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टान्डर्डका ढोका, बाल, भुइँ (फ्लोर), सिलिङ, बिजुली पानी हावा सँग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् ।

एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सबै भवन, मेसिन, प्रयोग शाला, कच्चा पदार्थ लगायतका स्टल राखिने छ । हाल चितवन एक्सपो सेन्टरमा स्टलको डिजाइनको काम भइरहेको जनाउँदै बरालले एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेको बताए । हरेक दुई वर्षमा हुने एक्स्पोमा यस पटक ३० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!