चिकित्सक संघले जलवायु न्यायको विषयमा काम गर्ने


काठमाडौं– जलवायु परिवर्तनले मानिसको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारेको बेला नेपाल चिकित्सक संघ र सामाजिक संस्था ‘साथ साथै’, ले जलवायु न्याय का क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सम्झौता गरेकाे छ । सम्झौता पत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.अनिल विक्रम कार्की र साथसाथै बाट अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरिन ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडिएका वर्ग सहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना सहितमा दुई संस्था बीच सहकार्य हुने सम्झौता पत्र मा उल्लेख छ । यस सम्झौताले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न थप उर्जा मिलेको चिकित्सक संघका अध्यक्ष डा. कार्कीले भने ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!