हर्ट एटैक हुनु भन्दा अघि हुने परिवर्तन हरू :अध्ययन


संसारमा मृत्युको सबैभन्दा सामान्य कारण हर्ट एटैक अर्थात् हृदयघात हो । वैज्ञानिकहरूका अनुसार यदि हर्ट एटैक हुनु भन्दा पहिले नै यसको अनुमान गर्न सकियोस् भने सावधानी अपनाएर यसलाई टार्न सकिन्छ । यस बारे गरिएको अनुसन्धानका क्रममा वैज्ञानिकहरूले पहिलो हृदयाघात हुनुअघि रगतमा हुने ९० नयाँ अणु पहिचान गर्न सफल भएका छन् ।

यो अनुसन्धान नेचर कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित भएको छ । युनिभर्सिटी अफ स्वीडेन का वैज्ञानिकहरूले रगत परीक्षणबाट ६ महिना मा हुने हर्ट एटैक वारे पत्ता लगाउन सकिने र रोकथामको उपचार सुरु गर्न सकिने बताएका छन् ।

उप्सला विश्वविद्यालयका मुटु रोग विशेषज्ञ प्राध्यापक जोहान सुन्डस्ट्रोम ले भने–‘हामीलाई थाहा छ कि हृदयघात हुनु भन्दा अघि नै समय धेरै फरक हुन्छ । उदाहरणका लागि, सम्बन्ध विच्छेद पछिको महिनामा हृदयघात हुने जोखिम दोब्बर हुन्छ र क्यान्सर निदान भए पछि हप्तामा हृदयघात हुने जोखिम पाँच गुणा बढी हुन्छ ।’

अनुसन्धानकर्ताहरुले यस्तो विधि विकसित गर्न चाहेका थिए जसले  स्वास्थ्य सेवाहरूलाई चाडै पहिलो हृदयघात हुने सम्भावना भएका व्यक्तिहरूलाई पहिचान गर्न सकोस् ।

यसका लागि अनुसन्धान कर्ताहरू सँग १ लाख ६९ हजार ५३ व्यक्तिको रगतको नमुना थियो । उनीहरूलाई यस अघि मुटु सम्बन्धी रोग थिएन । छ महिना भित्र, ती मध्ये ४ सय २० जना लाई पहिला हृदयघात भएको थियो । तिनिहरूको रगत को तुलना समूहका स्वस्थ सदस्यहरू सँग गरिएको थियो, जसमा यी नयाँ अणुहरू पहिचान गरियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!