सन २०५० सम्म ७७ प्रतिशत ले क्यान्सर बढ्ने प्रक्षेपण


जेनेभा–विश्व भरीमा क्यान्सर रोग को चुनौती गम्भीर रूप धारण गरि रहेको छ । र यसको विशेष गरी न्यून आय भएका मुलुक मा ती जनसङ्ख्यामा विषमता पूर्वक असर भइ रहेको छ, जो पर्याप्त स्तरमा आधारभूत स्वास्थ्य हेरचाह सेवा र उपचार को आर्थिक कभरेजको घेरा भन्दा बाहिर छन् । स्वास्थ्य विशेषज्ञहरू ले यस शताब्दीको मध्य सम्ममा क्यान्सरका बिरामीहरूको सङ्ख्यामा लगभग ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को इन्टरनेशनले एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले सन् २०२२ मा ११५ देशबाट प्राप्त तथ्याङ्कका आधारमा क्यान्सरको हेरचाह र विश्वव्यापी स्वास्थ्य कभरेज सम्बन्धी यो जानकारी दिएको हो ।

अध्ययनका अनुसार, क्यान्सर र दुखाइ व्यवस्थापन सेवाहरू धेरै देशहरूमा पर्याप्त रूपमा आर्थिक समर्थन प्राप्त भएको छैन र यो विश्वव्यापी स्वास्थ्य कभरेजको भाग समेत होइनन् ।

नयाँ प्रक्षेपणहरूले देखाउँछ कि सन २०५० सम्म, विश्वव्यापी क्यान्सरका बिरामीहरूको संख्या ७७ प्रतिशत सम्म बढ्न सक्छ । र यो संख्या साढे तिन करोड सम्म पुग्न सक्छ ।

सन् २०२२ मा क्यान्सरका करिब दुई करोड नयाँ केसहरू देखा परेका थिए र यस रोगका कारण ९७ लाख मानिसको मृत्यु भएको थियो । क्यान्सर रोगको सूचना प्राप्त भएको पाँच वर्षपछि त्यस्तो जीवित व्यक्तिको संख्या ५ करोड ३५ लाख थियो ।

एक अनुमान अनुसार हरेक पाँच जना मध्ये एक जनालाई आफ्नो जीवन कालमा क्यान्सर हुने सम्भावना हुन्छ । यस्तै यो रोगबाट प्रत्येक नौ जना पुरुषमा एक र प्रत्येक १२ महिलामा एक जनाको मृत्यु हुन्छ ।

आइएआरसी अध्ययनको नतिजा अनुसार सर्वेक्षण मा भाग लिएका देशहरू मध्ये ३९ प्रतिशत मुलुकमा मात्र क्यान्सर स्याहारको आधारभूत आवश्यकता उनीहरूको सबै नागरिकले प्राप्त गर्ने स्वास्थ्य सेवा को खण्ड थियो । त्यही २८ प्रतिशत मुलुकमा प्यालिएटिभ हेरचाह चाहिने व्यक्तिहरूको लागि अतिरिक्त हेरचाहको कभरेज छ, र यो क्यान्सरमा मात्र सीमित छैन ।

सबैभन्दा गम्भीर प्रकार 

सन् २०२२ को अवधिमा फोक्सो, स्तन, कोलोरेक्टल (आन्द्रा) गरी तीन प्रकारका क्यान्सर रोगका मामिलाहरू सबैभन्दा बढी रेकर्ड भएका थिए। आइएआरसी को नयाँ अनुमान अनुसार, १० प्रकारका क्यान्सरहरू कुल नयाँ केस र मृत्युको दुई तिहाइका लागि जिम्मेवार छन् । १ सय ८५ देश वाट प्राप्त जानकारी र ३६ प्रकारका क्यान्सर को आधारमा यो निष्कर्ष निकालिएको हो । फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । जसमा विश्व भर २५ लाख नयाँ केसहरू रिपोर्ट गरिएको छ, जुन कुल नयाँ क्यान्सरको १२.४ प्रतिशत हो।

महिलाहरूमा, स्तन क्यान्सर २३ लाख नयाँ केसहरू (११.६ प्रतिशत) सँग दोस्रो स्थानमा छ, त्यसपछि १९ लाख (९.६ प्रतिशत) कोलोरेक्टल क्यान्सर छ । यसपछि प्रोस्टेट क्यान्सर (१५ लाख नयाँ केस, ७.३ प्रतिशत) र पेटको क्यान्सर (९.७० लाख, ४.९ प्रतिशत) रहेको छ।

क्यान्सरबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण फोक्सोको क्यान्सर हो । सन् २०२२ मा यस रोगबाट १८ लाखको मृत्यु भयो, जुन कुल क्यान्सरबाट हुने मृत्युको १८ प्रतिशत हो । यसपछि कोलोरेक्टल क्यान्सर (९ लाख मृत्यु, ९.३ प्रतिशत) र कलेजोको क्यान्सर (७.६ लाख मृत्यु, ७.८ प्रतिशत) रहेको छ ।

फोक्सोको क्यान्सर फेरि सबैभन्दा सामान्य रोगको रूपमा देखा परेको विज्ञहरू विश्वास गर्छन् । जसको एउटा कारण एसियामा सुर्ती जन्य पदार्थको प्रयोग हुनसक्छ । महिलाहरूमा स्तन क्यान्सरको सबै भन्दा बढी घटनाहरू रेकर्ड गरिएका छन्, जबकी फोक्सोको क्यान्सर पुरुषहरूमा सबैभन्दा बढी निदान गरिएको छ ।

क्यान्सर हेरचाह मा असमानता 

विश्वव्यापी अनुमानहरू ले देखाउँछ कि क्यान्सर हेरचाहमा गहिरो असमानताहरू छन् । र यो विशेष गरी स्तन क्यान्सरको लागि लागू हुन्छ । मानव विकास सूचकाङ्क धेरै उच्च भएका देशहरूमा हरेक १२ जना महिलामा १ जनाले आफ्नो जीवन कालमा स्तन क्यान्सर हुने गरेको छ भने प्रत्येक ७१ जनामा १ जना महिलाको मृत्यु हुने गरेको छ । तर यसको विपरीत, कम मानव विकास सूचकांक भएका देशहरूमा, प्रत्येक २७ मध्ये एक महिलामा मात्र स्तन क्यान्सरको निदान हुने गरेको छ र प्रत्येक ४८ मा एकको मृत्यु हुन्छ ।

आइएआरसी ले यी विद्यमान असमानताहरूमा ध्यानाकर्षण गराउँदै भन्छ कि कम मानव विकास सूचकाङ्क भएका देशहरूमा उच्च मानव विकास सूचकाङ्क भएका देशहरूको तुलनामा महिलाहरूमा स्तन क्यान्सरको निदान हुने सम्भावना ५० प्रतिशत कम छ। यसका बावजुद, यी देशहरूमा महिलाहरू रोगबाट मर्ने उच्च जोखिममा छन्, किनभने तिनिहरूलाई न त प्रारम्भिक निदान र गुण स्तरीय उपचारको पहुँच छ ।

फोक्सोको क्यान्सरको मामिलामा पनि, उच्च आय भएका देशहरूमा बिरामीहरू ले कम आय भएका देशहरूको तुलनामा स्वास्थ्य सेवा पाउने सम्भावना ४–७ गुणा बढी हुन्छ ।

यसैलाई मध्यनजर गर्दै सबैलाई क्यान्सर विरुद्धको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्ने योजना र नीतिहरूको विकास, वित्त पोषण र कार्यान्वयनमा जोड दिइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!