‘सन्तुलित तौलले गर्भावस्थाका जटिलताहरू हटाउन सजिलो’


सन्तुलित तौलबाट गर्भावस्थामा हुने जटिलताको जोखिम कम गर्न सकिने नयाँ अनुसन्धानले देखाएको छ । यसबाट उच्च रक्तचाप, सी–सेक्शन डिलिवरी (शल्यक्रिया द्वारा हुने प्रसव) वा सामान्य भन्दा बढी तौल भएको बच्चा जन्माउने जस्ता समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने अनुसन्धान कर्ताहरूले बताएका छन् ।

यो अनुसन्धानको निष्कर्ष हालै बायोमेड सेन्ट्रल (बीएमसी) मेडिसिन, जर्नलमा प्रकाशित भएको छ । यस अघिका अध्ययनहरूले आमाको तौललाई गर्भावस्थाका जटिलताहरू सँग सम्बन्धित गरेको भएता पनि, अनुसन्धान कर्ताहरूले हालको अध्ययनमा आमाको बढ्दो तौल र गर्भावस्थामा हुन सक्ने जटिलताहरू बीच स्पष्ट कारण सम्बन्ध पहिचान गर्न शिक्षा र जीवन शैली जस्ता जटिल विषय हरू मा ध्यान दिए ।

धेरै तौल हुनु बच्चा जन्माउने उमेरका महिलाहरूलाई समस्या निम्त्याउँछ । नयाँ अनुसन्धानले गर्भावस्था सम्बन्धी जटिलताहरूको सम्बन्धमा भविष्यका नीतिहरू बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।

अनुसन्धान कर्ताहरू को अनुसार धेरै जसो अध्ययनहरूमा गर्भावस्थाको समयमा आमाको तौल लाई स्वास्थ्य सँग सम्बन्धित समस्या हरू सँग जोडेको छ । तर यसले कारण र प्रभाव निर्धारण गर्न गाह्रो बनायो, यसमा आमा, अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरू बीच एक अस्पष्ट दृष्टि सिर्जना गर्यो ।

नयाँ अध्ययनले स्पष्ट प्रमाण दिएको छ । यसका लागि अनुसन्धान कर्ताहरूले चार लाखभन्दा बढी आमाको बडी मास इन्डेक्सको विश्लेषण गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!