‘१२०० सफल मिर्गौला प्रत्यारोपण’


भक्तपुर –नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एघार वर्ष मा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण को रेकर्ड कायम गरेको छ ।

बिहीवार ३९ वर्षीया श्रीमानलाई उनकी ३४ वर्षीया श्रीमतीले दिएको मृगौला दान सँगै उक्त रेकर्ड कायम भएको हो । केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठको नेतृत्व दायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको मेहनत र लगनशीलता ले छोटो अवधिमा यो सफलता हासिल गर्न सम्भव भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

आफ्नो नाममा एक इन्च पनि जग्गा र भवन नभएको केन्द्रले नेपालमा हुने कुल प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० सालमा नै १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ । आगामी साता थप २ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको समेत डा.पुकारले बताए ।

यो केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण मात्र नभइ मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण समेत गरेको छ । केन्द्रले मुलुकको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह समेत गर्दै आएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!