‘नख्खु कारागारका आधा कैदी चस्मा विना कम देख्ने, चिकित्सक समेत आश्चर्यमा’


काठमाडौं–नख्खु कारागारका आधा जति कैदी चस्मा विना कम देख्ने अवस्थाका छन । कारागारमा यति धेरै सङ्ख्यामा दृष्टि दोष भएका र त्यसमा पनि बहुसंख्यक कैदी टाढाको वस्तु नदेख्ने वा धमिलो देख्ने अर्थात् अदूर दृष्टि (मायोपिया) का पाए पछि चिकित्सक समेत आश्चर्यमा परेका छन् ।

मायोपिया ४० वर्ष भन्दा कम उमेर समूहका कैदीहरू मा देखिएको छ । कारागार मा रहेका कुल ८ सय १६ जना कैदीबन्दीहरु मध्ये ४ सय कैदीबन्दीहरुमा दृष्टि दोषको समस्या देखिएको छ ।

नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पतालले नख्खु कारागारमा गरेको चार दिने निःशुल्क आँखा शिविरमा ५० प्रतिशत कैदी बन्दीमा दृष्टिदोषको समस्या र ९ जनामा मोती विन्दु समेत देखिएको हो ।

‘कारागारमा यति धेरै सङ्ख्यामा टाढाको वस्तु कम देख्ने कैदी पाएर हामीहरू समेत अचम्म मा परेका छौं’, कीर्तिपुर आँखा अस्पताल की अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा सबिना श्रेष्ठले नेपालहेल्थप्रेस सँग भनिन–‘यस्तो समस्या सानो कोठामा बर्सौं बसेर खुल्ला परिवेशमा नबस्दा भएको हो की ? तर वास्तवमा के भएको हो भन्न सकिन्न ।’

विज्ञहरूको अनुसार यदि वस्तु वाट आएका प्रकाशका किरणहरू आखा को दृष्टि पर्दाको अगाडि नै अर्थात् दृष्टि पर्दा सम्म न पुग्दै केन्द्री कृत हुने अवस्था भएमा त्यो आँखा ले टाढाको वस्तु नदेख्ने वा धमिलो देख्ने तर नजिकको वस्तु देख्न सक्छन् । यसलाई अदूरदृष्टि (मायोपिया) भनिन्छ ।

घर बाहिर बढी खेल्ने, घुम्ने, निकटको काम कम गर्ने लाई मायोपिया बढी नदेखिने समेत भन्ने गरिन्छ । घर भित्रै बढी बसेर नजिकको काम धेरै गर्ने हरू मा मायोपिया (टाढाको कम हेर्ने) को समस्या बढी देखिने गरिएको औँल्याउँदै डा. श्रेष्ठले भनिन–‘उनीहरू जेल परे पछि साँघुरो कोठा, साँघुरो परिवेश, के कारण हो भन्न सकिन्न । यस्तो अनुसन्धान समेत भएको छैन ।’

सामान्यतः वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नु परे पनि कारागारमा रहेका कैदी बन्दीहरू वर्षौ देखी आँखा उपचारको पहुँच बाट टाढा रहेको थाहा पाएपछि निःशुल्क शिविर आयोजना गरिएको समेत उनले बताए ।

अस्पताल व्यवस्थापक दीपक बोहोरा ले आँखा शिविरमा १ सय ४८ जना लाई निःशुल्क चस्मा वितरण गरिएको र परीक्षण पछि पाइएका ९ जना मोतीबिन्दुका बिरामीहरू लाई शल्यक्रिया सेवा निःशुल्क उपलब्ध गराइने जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!