बढी आशावादी व्यक्ति ले खराब निर्णय लिन्छन्


आशावादी हुनु राम्रो हो । यसले सफल हुन र आफ्नो लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न सक्छ । तर, एक नयाँ अध्ययनले धेरै बढी आशावाद ले खराब निर्णय लिने कारण बन्न सक्ने देखाएको छ ।

बाथ युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले गरेको एक अध्ययनले पत्ता लगायो कि कम संज्ञानात्मक सीप भएका व्यक्तिहरू अत्यधिक आशावादी हुने र यस्ता व्यक्ति सही निर्णय लिने सम्भावना कम हुन्छ । संज्ञानात्मक कौशल त्यस्तो सीप हो जसले मनुष्यलाई सोच्न, बुझ्न र निर्णय लिन मद्दत गर्दछ ।

अनुसन्धान कर्ताहरूले ३६ हजार भन्दा बढी घर परिवारहरूको डेटा विश्लेषण गरे र पत्ता लगाए कि जो धेरै आशावादी थिए तिनिहरूको आफ्नो आर्थिक भविष्यको बारेमा बढी सकारात्मक अपेक्षाहरू थिए । तर, उनीहरूको आर्थिक नतिजा त्यति राम्रो थिएन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!